भैरहवा– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐन बनाउनका लागि सरकारले विशेष प्रथमिकता दिएको बताएका छन् । उनले धेरैभन्दा धेरै ऐनहरु संसदको चालु अधिवेशनमै सरकारले दर्ता गर्ने तयारी गरेको र बााकी रहेका ऐनहरु अर्को अधिवेशनबाट टुंग्याउने जानकारी दिए । शनिबार भैरहवामा आयोजित नेपाली कााग्रेस रुपन्देही ३ को क्षेत्रीय सम्मेलनमा बोल्दै खड्काले अहिले शिक्षा, निजामती सेवा र प्रहरी ऐनलाई प्रमथकिता दिएर संसदमा दर्ता गर्ने तयारी गरिएको बताए ।
‘अर्थ मन्त्रालयले सहमती दिन नसक्ने बाहेकका सबै ऐन चााडै नै संसदमा लगिने छ’, उपप्रधानमन्त्री खड्काले भने, ‘यसका लागि मेरै नेतृत्वमा सर्वस्वीकार्य ऐन बनाउने काम भइरहेको छ ।’ उनले केही ऐनहरु हप्ता–दश दिनमै संसदमा दर्ता हुने बताए । नेपाली कााग्रेसका उपसभापति समेत रहेका नेता खड्काले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालन गर्न सरकार लागि परेको जनाए । ‘पार्टीका साथीहरुले यस विषयमा धेरैपटक कुरा उठाउनु भएको छ, सरकार यो विषयमा गम्भीर छ’, उनले भने, ‘देखिएका समस्या हटाएर काम अघि बढाउने प्रतिबद्धता गर्छु ।’
उनले मल लगायत विभिन्न क्षेत्रमा देखिएका सदस्य समाधानमा सरकार लागिपरेको जनाउंदै नागरिकका अपेक्षाप्रति सधैं सकारात्मक भावले काम गर्ने बताए । उनले केपी ओलीले पटक–पटक संसद विघटन गरेका कारण यो गठबन्धन बनेको जनाए । ‘गठबन्धनकै कारण प्रदेश र संघ सरकारमा कााग्रेस सहभागी भएको छ’, उनले भने, ‘बीच गठबन्धन टुट्दा हामी सबै सरकार र संवैधानिक निकायबाट विमुख भएका थियौं, फेरि गठबन्धनलाई सही ठाउामा ल्यायौं र सरकारमा छौं ।’
उनले कांग्रेसलाई अब बलियो, युवामैत्री र भरोसायोग्य बनाउनुपर्नेमा जोड दिए । आगामी मंसिरमा हुने नीति अधिवेशनले कााग्रेसलाई अझै सुदृढ बनाउादै लैजाने बताउादै उपसभापति खड्काले अहिले पार्टीको ध्यान त्यसैमा केन्ऽित रहेको उल्लेख गरे । ‘महाधिवेशन र नीति अधिवेशन एकैपटक गर्दा नीतिले प्राथमिकता पाउन सकेन’, उनले भने, ‘त्यसैले यसपटक नीति अधिवेशन छुट्टै गर्न लागेका छौं, यसले कााग्रेसको नीतिलाई अझै राम्रो र फराकिलो बनाउने छ ।’ नेतामा सुन्न र सहन सक्ने क्षमता तथा धैर्यता हुनुपर्ने जनाउादै उनले कार्यकर्ताले पार्टीका नेताहरुप्रति उठाएका प्रश्न जायज भएको जनाए ।
उनले प्रश्न उठ्न नदिने गरी काम गरे कहीकतै आक्षेप नलाग्ने प्रष्ट्याए । खड्काले नेता र नेतृत्वमा कमजोरी रहे पनि कााग्रेसको नीति, सिद्धान्त र विचार राम्रो भएको जनाउादै अब माथिल्लो नेतृत्व सुध्रिए कााग्रेस अझै फराकिलो हुने विश्वास व्यक्त गरे । अर्को प्रशंगमा उनले कााग्रेस केन्ऽिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खााण नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा जाादा आफू दुखित बनेको जनाए । कार्यक्रममा स्थानीय र जिल्लास्तरका नेताहरुले खााणलाई सरकारले फसाएको र यसमा पार्टीले सहयोग नगरेको भन्दै नेतृत्वको आलोचना गरेका थिए । उपप्रधानमन्त्री खड्काले संगै राजनीतिक सहयात्रामा हिाडेका साथी थुनामा हुादा आफू पनि दुखित भएको जनाउादै न्यायिक निरुपण नहुादासम्म धैर्य गर्नुपर्ने बताए ।
कार्यक्रममा केन्ऽि सदस्यद्वय अब्दुल रज्जाक र गंगा शाही, जिल्ला सभापति रामकृष्ण खााण, नेता भरतकुमार शाह, पूर्व जिल्ला सभापति रामचन्ऽ ढकाल, प्रदेशसभा सदस्य देविप्रसाद चौधरी, वसिउद्दीन खान, सिद्धार्थनगर प्रमुख इश्तियाक अहमद खान, क्षेत्रीय सभापति सुशील गुरुङ, नगर सभापति कोशिशबहादुर खड्का लगायतले बोल्दै कााग्रेसलाई अझै बलियो र जनमुखी बनाउनुपर्नेमा जोड दिए । यस्तै, उनीहरुले किसानले मलको समस्या भोगेको, गौतमबुद्ध विमानस्थल पूर्णरुपमा संचालन गर्नुपर्ने लगायतका विषय उठाएका थिए । कार्यक्रममा बोल्ने अधिकांश नेताले खााणलाई रिहाई गर्न पार्टीले पहल गर्नुपर्ने माग गरेका थिए ।
