सिद्धार्थनगरमा सम्पत्तिकरमा २० प्रतिशत वृद्धि गर्ने विशेष नगरसभाकाे निर्णय

भैरहवा ।  सिद्धार्थनगर नगरपालिकाको १४ औँ नगरसभाले नगरपालिकाको आर्थिक ऐन २०८० संसोधन विधेयक बहुमतले पारित गरेको छ ।

बिहिवार बसेको सभाले गत आर्थिक वर्ष २०७९÷०८० को सम्पत्तिको मूल्यांकन यथावत राख्ने र गत आर्थिक वर्ष २०७९÷०८० को सम्पत्तिकरको दरमा २० प्रतिशत वृद्धि गर्ने निर्णय पारित गरेको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरपालिकाको आर्थिक ऐन २०८० को दफा ४ को उपदफा ३ बमोजिम ‘सम्पत्ति कर निर्धारण प्रयोजनका लागि जग्गाको मूल्यांकन गर्दा मालपोत कार्यालय रुपन्देहीबाट रजिष्टे«शन प्रयोजनका लागि कायम गरिएको जग्गाको न्यूनतम मूल्यांकन अनुसार गरिनेछ’ भन्ने व्यवस्था भएकोमा बिहिवार बसेको सभाले उक्त दफामा रहेको वाक्यलाई हटाएर ‘सिद्धार्थनगर नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम आर्थिक वर्ष २०७९÷०८० को लागि कायम भएको जग्गाको मूल्यांकनलाई आधार लिइनेछ’ वाक्य थप गरी ऐनमा संसोधन गरेको छ ।

यस्तै सभाले ‘मालपोत कार्यालयबाट निर्धारण हुने दरमा समान्जस्यता हुने गरी नगरसभाबाट पारित मूल्यांकनलाई आधार लिइनेछ’ भन्ने वाक्यलाई हटाएर ‘सिद्धार्थनगर नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम आर्थिक वर्ष २०७९÷०८० को लागि कायम भएको जग्गाको मूल्यांकनलाई आधार लिइनेछ’ वाक्य थप गरी ऐनमा संसोधन गरेको छ ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को सम्पत्ति कर अत्याधिक भएको भन्दै नगरवासीहरुले गुनासो पोखेपछि विशेष नगरसभा आह्वान गरी आर्थिक ऐन संसोधन गरी सम्पत्तिकरको दर घटाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले जानकारी दिए ।

उनले नगरवासीहरुले अत्याधिक सम्पत्ति कर बढाउनु उचित नभएको र बढाउनै पर्ने भएमा पनि थोरै वृद्धि गर्नुपर्ने सुझाव अनुसार नगरवासीको हितमा विशेष नगर सभा आह्वान गरी अत्याधिक बढेको भन्ने सम्पत्ति कर घटाई गत आ.व भन्दा सम्पत्ति कर २० प्रतिशतले मात्र सभाले वृद्धि गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!