भैरहवा । भैरहवामा सुजुकीको जिम्नी र फ्रोन्क्स बिक्री सुरु भएको छ । यस क्षेत्रको आधिकारिक डिलर पाठक मोटर्स ग्रुपले सोमबार कम्पनीको बहु प्रतिक्षित जिम्नी एसयूभी र क्रसओभर एसयूभी मोडल फ्रोङ्क्स सार्वजनिक गर्दै टेस्ट ड्राइभ र विक्री सुरु गरेको हो ।
सिजी मोटोकर्प र सिजी नेक्टजेन दुबै आउटलेटमा उपलब्ध हुने यी दुई एसयूभीको बुकिङ असार २९ गतेबाट सुरु गरेको थियो । सिजी मोटोकर्पले फ्रोङ्क्सको सुरुवाती मूल्य ३९ लाख ९९ हजार र जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री बुकिङ लिइरहेको छ । सुजुकीको लागि नेपालको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले यसअघि नै साउन २२ गतेबाट देशभर रहेका सुजुकीका सबै डिलर नेटवर्कबाट टेष्ट ड्राइभ र बुकिङ गर्न सकिने कम्पनिका निर्देशक अभिषेक पाठकले जानकारी दिए ।
पाँच ढोका भएको सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित लाइफ स्टाइल प्रोडक्ट हो । यो मोडेललाई विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो । हेभी ड्युटी ल्याडर फ्रेम चेसिसमा बनेको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएको कारण यसले जस्तोसुकै बाटोमा उत्कृष्ट पफर्मेन्स गर्न सक्छ ।
जिम्नी एसयूभीमा फोर ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । अफरोडकै लागि यसमा ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र थ्री लिंक रिजीड एक्सई सस्पेन्स दिइएको छ । अफरोड बाटोको लागि उत्तम हुने गरी डिजाइन गरिएको जिम्नीमा २२।६८ सेन्टिमिटरको स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश रहेको कम्पनिकी म्यानेजर सुनैना थैवले बताइन ।
नयाँ गाडी सार्वजनिक गर्दै प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खाले आर्थिक मन्दीको समयमा पनि जोखिम बोकेर नयाँ गाडीको लन्च गर्नु ठूलो आँट पाठक ग्रुपले बोकेको बताए । सुजुकी पुरानो कम्पनि रहेको र यस्को उत्पादनहरु प्रयोग गरिसकेकमो बताउदै सुजुकीले लाइफ स्टाइल प्रोडक्ट खोज्नेलाई जिम्नी र युवा मैत्री फ्रोङ्क्स एकसाथ उपलब्ध गराएको बताए ।
नयाँ सुजुकी फ्रोङ्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम फिचरले भरिएको एसयूभी हो । ‘द फेस अफ न्यू एसयूभी’ भनिएको यसलाई निकै आकर्षक डिजाइन र स्पोर्टी लुक्स दिइएको छ । प्रिमियम डिजाइन, आधुनिक फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोङ्क्सले नेपालमा राम्रो बजार पाउने कम्पनीले विश्वास लिएको छ ।
