लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय बौद्ध विहार निर्माण सुरु भएको छ । आईतबार भिक्षुहरुबाट भुमि पुजन गरी भारतीय बौद्ध विहार निर्माण कार्यको सुभारम्भ गरिएको हो ।
सन २०२२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको बिहार डेढ वर्षपछि निर्माण सुरु भएको हो ।
भारत सरकार मातहत रहेको अन्तर्राष्ट्रिय बौद्ध परिसंघको अगुवाईमा उक्त बिहार बनाउन लागिएको हो । लुम्बिनीमा निर्माण गर्न लागेको उक्त अन्तर्राष्ट्रिय बौद्ध सांस्कृतिक तथा सम्पदा केन्द्रको आइतबार भूमिपूजा गरी निर्माण सुरु गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । फुल्न लागेको कमलको फुलको शैलीमा निर्माण गरिने केन्द्रको नेपाल र भारतका तीन जना प्रतिष्ठित भिक्षुले गैंती र साबेलले खनेर निर्माण सुरु गरेका हुन ।
गतवर्ष आईविसी र लुम्बिनी विकास कोषबीच सम्झौता गरि निर्माण कार्य सुरु गरिएको विहारको लागत करीब १ अर्ब ६० करोड भारतीय रुपैया रहेको र १८ महिनामा सम्पन्न गरिने लुम्बिनी विकास कोषका योजना प्रमुख ईन्जिनियर सरोज भट्टराईले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष तथा कोषाध्यक्ष ढुण्डीराज भट्टराईले लुम्बिनीमा निर्माण हुन लागेको भारतीय बौद्ध विहार सम्पन्न गर्न नेपाल सरकार तथा लुम्बिनी विकास कोषबाट पुरै सहयोग पुग्ने बताए ।
निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बुद्धको जन्मस्थल पवित्र भुमि लुम्बिनी र बुद्धत्व प्राप्त गरेको भारतको बोधगया लगायतका स्थानलाई जोडेर वृहत्तर बुद्धसर्किटको अवधारणाले लुम्बिनीको धार्मिक पर्यटनमा टेवा पुग्ने बताए ।
नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव करुण बन्सल र अन्तर्राष्ट्रिय बौद्ध परिसंघ (आईबीसी)का महासचिव डा. धम्मपिया लगायतले बोल्दै लुम्बिनीको विकासमा केन्द्र कोशेढुंगा हुने बताए । उनीहरुले भारतीय पर्यटक लुम्बिनी भित्र्याउन यसले भूमिका खेल्ने विश्वास गरे ।
उक्त अवसरमा भियतनाम, चीन, जापान, कोरिया, थेरबाद र नालन्दा परम्पराअनुसार मंगल पाठ गरिएको थियो । १८ महिनाभित्र एक अर्ब भारतीय रुपैयाँ लागतमा केन्द्रको निर्माण गरिने छ । उक्त केन्द्र निर्माणका लागि एससी–गोरखा कन्ट्रक्सन गोरखा जेभीले ठेक्का लिएको छ । निर्माणका कम्पनीका प्रतिनिधि प्रकाशकुमार श्रेष्ठले समयमै निर्माण सकेर हस्तान्तरण गरिने जनाए ।
निर्माण उच्च टेक्नोलोजियुतm रहने निर्माण कम्पनी एसीसी भारतीय कन्ट्रक्शनका प्रबन्ध निर्देशक अनिरुद्र रे ले बताए । उनले निर्माणमा उपलब्ध भएसम्म नेपाली सामग्री नै प्रयोग गर्ने समेत बताए ।
लुम्बिनीमा विभिन्न मुलुकका साढे तीन दर्जन बौद्ध बिहार छन । तर, भारतले भने बल्ल पहिलो बिहार बनाउन लागेको हो । उक्त केन्द्र जिरो नेट प्रविधिमा वातावरणमैत्री हुनेछ । केन्द्रमा सभाहल, ध्यान केन्द्र, पुस्तकालय र आर्ट ग्यालेरी लगायतका हुने बताइएको छ
