क्रिकेट संघद्वारा खेलाडी कल्याणकारी कोष स्थापना, मासिक सहयाेग दिइने

भैरहवा । रुपन्देही क्रिकेट संघले खेलाडी कल्याणकारी कोष स्थापना गरेकाे छ । क्रिकेट खेलाडीको संरक्षण तथा सम्मानका लागि क्रिकेट खेलाडीलाई उक्त काेषबाट सहयाेग गरिने भएकाे हाे ।

आर्थिक वर्ष २०८०-०८१ का लागि मासिक ५ हजारका दरले १० जना क्रिकेट खेलाडीलाई स्थापित काेषबाट सहयाेग गरिने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिए । कल्याणकारी कोष स्थापना गर्न संघका अध्यक्ष थापाले आफ्ना स्वर्गीय पिताको स्मृतिमा १ लाख रुपैयाँ, रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले ५५ हजार ५ सय ५५ रुपैया , सियारी वडा नम्बर १ का अध्यक्ष अरुण कुमार शाही र वडा नम्बर २ का अध्यक्ष जर्नादन यादवले  मासिक २६ हजार रुपैयाँ र यादवले मासिक १० हजारका दरले कल्याणकारी कोषमा सहयाेग गर्ने जानकारी गराएका छन । एक वर्षका लागि काेष व्यवस्थापन भइ दश जनालाइ जनही मासिक ५ हजारका दरले सहयोग गर्ने थापाले बताए ।

साे अवसरमा बाेल्दै उँपालिका अध्यक्ष घिमिरेले क्रिकेट खेल र खेलाडीको विकासका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको बताए । अध्यक्ष घिमिरेले रुपन्देही क्रिकेट खेलका लागि उर्भरभूमि भएकाले त्यसको विकास र संरक्षणका लागि राज्यस्तरबाट पनि प्रयाप्त सहयोग पाउनुपर्नेमा जोड दिए । वडाअध्यक्ष शाही र यादवले पनि क्रिकेट क्षेत्र र खेलाडीको विकास, उज्जवल भविष्यको निर्धारणका लागि खेलाडी कल्याणकारी कोषमा रकम दिने निर्णय गरेको बताए ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले क्रिकेट खेलाडीको संरक्षण तथा सम्मानका लागि खेलाडी कल्याणकारी कोष स्थापना गरिएको बताए । उनले १० जना क्रिकेट खेलाडीलाई आर्थिक वर्ष २०८०र०८१ का लागि मासिक ५ हजारका दरले सहयोग गर्ने गरी रकम व्यवस्थापन गरिएको बताए । कल्याणकारी कोष स्थापना गर्न संघका अध्यक्ष थापाले आफ्ना स्वर्गीय पिताको स्मृतिमा १ लाख रुपैयाँ दिने जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशनकुमार सिंहले क्रिकेट विकासका लागि खेलाडीहरुको प्रोत्साहन आवश्यक रहेको र त्यसका लागि कल्याणकारी कोषको स्थापना हुनु खुशीको विषय भएको बताए । कर्यक्रममा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, जिल्ला समन्वय समिति रुपन्देहीका पूर्व प्रमुख एकराज विश्वकर्मा, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल, सिद्धार्थनगर–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायलगायतले पनि बोलेका थिए । कार्यक्रममा क्रिकेट खेलाडीहरुलाई सम्मानसमेत गरिएको थियो ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले २५ हजार, सिद्धार्थनगर– ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय र रुपन्देही क्रिकेट संघका सदस्य विनय ज्ञवालीले १० हजार कोषलाई उपलब्ध गराउने भएका छन् ।कार्यक्रममा पवन सेठिया मेमोरियल तीनदिवसीय क्रिकेट प्रतियोगिता सम्पन्न गर्न व्यवसायी हरिश सेठिया र संघबीच सम्झौता आदानप्रदान भएको थियो । त्यसैगरी लुम्बिनी नेत्रालयसँग खेलाडीहरुको उपचारमा ५० प्रतिशत छुट सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!