भैरहवामा पञ्चकन्या रुपन्देही सुपर लिग शुक्रबारदेखि 

भैरहवा, वैशाख १७

रुपन्देही क्रिकेट संघको आयोजनामा यही वैशाख १८ गते शुक्रबार (भोली) देखि ‘पञ्चकन्या रुपन्देही सुपर लिग २०८२–२०८३’ (क्रिकेट प्रतियोगिता) हुने भएको छ । संघले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

नेपाली क्रिकेटमा आफ्नो स्थापनाकालदेखि नै क्लबस्तरीय प्रतियोगिता रुपन्देही क्रिकेट संघले स्थापित गरेको नेपालको सबैभन्दा फरक र उत्कृष्ट क्रिकेट प्रतियोगिता ‘रुपन्देही सुपर लिग’ को नयाँ संस्करण पञ्चकन्या रुपन्देही सुपर लिग आयोजना गरिएको संघका अध्यक्ष हरि बहादुर थापाले बताउनुभयो । उहाँले संघको आयोजनामा वैशाख १८ देखि जेठ ९ गतेसम्म ‘ए’ डिभिजनका खेल सम्पन्न हुने जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार २०८२ चैत १७ देखि ३० गतेसम्म ‘बी’ डिभिजनका खेलहरु सम्पन्न भइसकेको छ । ‘बी’ डिभिजनबाट देवदह क्रिकेट क्लब र बुद्ध क्रिकेट क्लब ‘ए’ डिभिजनमा बढुवा भइसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा डिभिजन ए डिभिजनमा १० वटा टीम सहभागी हुँदैछन् । प्रतियोगिताको विजेता टीमलाई १ लाख १ हजार र उपविजेतालाई ४० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । त्यस्तै म्यान अफ द म्याचलाई १ हजार २ सय र प्रमाणपत्र, म्यान अफ द सिरिजलाई १५ हजारसहित ट्रफी र प्रमाणपत्र, बेस्ट ब्याटरलाई ५ हजारसहित ट्रफी र प्रमाणपत्र, बेस्ट उदयमान खेलाडीलाई ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

आयोजकका अनुसार विजेता पुरस्कारको प्रायोजन माउण्ट एभरेष्ट कत्था मिल, उपविजेताको वि.के. ज्वेलर्स, म्यान अफ द म्याचको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, म्यान अफ द सिरिजको होटल स्टार होलिडे, बेस्ट ब्याटर र बेस्ट बलरको व्यवसायी रवि कुमार रौनियार र बेस्ट उदयमान खेलाडीको प्रतिक टेड्र लिंकले प्रायोजन गरेका छन् । त्यस्तै प्रतियोगिता अवधिभर बलको व्यवस्था भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पर्यटन व्यवसायी अमित कुमार गुप्ताले गर्नुहुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न (३६ वटा खेल) को करिब १५ लाख रुपैयाँ खर्च हुने संयोजक प्रथम पराजुलीले बताउनुभयो । खर्च रकम प्रायोजक र प्रवेश शल्क प्रतियोगिताको आयस्रोत रहेको उहाँले जानकारी दिनुभयो । यो प्रतियोगिताको मुख्य प्रायोजन पञ्चकन्या ग्रुपले गरेको छ । प्रतियोगिता भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने रुपन्देही क्रिकेट संघका कार्यसमिति सदस्य उदय कुमार मल्लिकले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा रुपन्देही क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष निरज प्रताप खाण, पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!