भैरहवामा सशस्त्र महिला युनिटका लागि आत्मरक्षा सम्बन्धी तालिम

भैरहवा, सशस्त्र प्रहरी बल २७ नम्बर हे.क्वा. भैरहवामा कार्यरत महिला युनिटको लागि दुईदिने आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ ।
असार १२ गते सशस्त्र प्रहरी बलको छुट्टै महिला युनिट स्थापनाको अवसरमा नेपाल वादोरियो करांते डो संघ लुम्बिनी प्रदेशको प्राविधिक सहयोगमा दुई दिने तालिम दिईएको कार्यालय प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दीपक थापाले जानकारी दिए । काम गर्ने शिलशिलामा वा बाटोघाटोमा आईफर्ने जोखिमलाई व्यतिगत रुपमा कसरी प्रतिकार गर्ने भन्ने जानकारीका लागि प्रशिक्षण प्रदान गरिएको हो उनले भने ।

आत्मरक्षा फ्रशिक्षणमा व्यतिगत रुपमा कसैले आफुमाथि आक्रमण गर्दा कसरी सुरक्षित रहने भन्ने प्राविधिक कुराहरु प्रस्तुत गरिएको थियो । तालिम नेपाल वादोरियो करांते डो संघ लुम्बिनी प्रदेशका प्रमुख प्रशिक्षक कमरुद्धिन अलि लगायतका ब्याकवेल्ट प्रशिक्षकद्धारा गराईएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!