सुवास नेम्वाङको आज पहिलो स्मृति दिवस, मुख्यमन्त्री आचार्यद्धारा श्रद्धाञ्जली व्यक्त

दाङ ।     संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रद्धाञ्जली अर्पण गरेका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयले पहिलो स्मृति दिवसमा श्रद्धाञ्जली अर्पण समारोह राखेको थियो । प्रदेश सभा सचिवालयमा पुगेर मुख्यमन्त्री आचार्यले नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले नेपाली राजनीतिलाई सही दिशा प्रदान गर्न संविधान सभा अध्यक्ष लगायत जिम्मेवारीमा रहेर खेल्नुभएको अतुलनीय भूमिकाको स्मरण गरे । नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोख बहादुर महरा, सभामुख तुलाराम घर्ती मगर लगायत प्रदेश सभा सदस्यहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!