भैरहवा। नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीको दोस्रो अधिबेशनमा नयाँ नेतृत्वका लागि भएको निर्बाचनमा अध्यक्ष पदमा चक्र बहादुर थापा पुनः बिजयी भएका छन् । थापाले दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी पाएका छन् ।
अध्यक्ष पदमा थापाले ८१ मत प्राप्त गरि बिजयी भएका छन् भने अध्यक्षका अर्का अध्यक्षका प्रत्याशी थानेश्वर पौडेलले ७९ मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्ष पदमा माया कंडेलले १ सय ४४ मत प्राप्त गरेर बिजयी भइन भने उनका प्रतिस्पर्धी गोमलाल खदालले १६ मत प्राप्त गरे ।
उप सचिब पदमा सरोज ठकुरी १ सय ७ मत प्राप्त गरि बिजयी भए भने रामदयाल गुप्ताले ५२ मत प्राप्त गरे ।
सचिबमा उमेश थापा लाटाे मगर निर्बिरोध निर्बाचित भएका थिए भने उप सचिब (महिला) मा इन्दिरा देबी क्षेत्रि निर्बिरोध निर्बाचित भएको निर्बाचन संयोजक नर बहादुर घर्तीले जानकारी दिए । नेकपा एमाले सिद्धार्थनगरको नगर कमिटीमा ५७ सदस्यीय कमिटी निर्माण भएको घर्तीले बताए ।
त्यसैगरी लेखा समिति अध्यक्षमा शेष नारायण भण्डारीको नेतृत्वमा ५ सदस्यीय कमिटी निर्बिरोधरुपमा निर्बाचित भएका छन । नगर अधिबेशनमा १ सय ७० जना मतदाता थिए जम्मा १ सय ६१ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
