इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको छ ।

कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको हो ।

कप्तान जोराले ५० रन बनाएपछि नेपालले ९८ रनको लक्ष्य विना क्षती ४.२ ओभरमा पूरा गरेको हो ।

नेपालले पहिलो पटक हङकङ सिक्सेस प्रतियोगिता खेलिरहेको छ र गज्जबको सुरुवात गरेको छ । जोराले १२ बल खेल्दै ३ चौका र ६ छक्का मदतमा ५० रन बनाए । उनी अर्धशतकपछि रिटायर्ड आउट भएका थिए ।

यस्तै रासिद खानले ५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरेर अविजित २१ रन बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गरी २० रन बनाए ।

त्यसअघि मोङ कोङ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५.५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । कप्तान रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । उनले १ चौका र ७ छक्का प्रहार गरे । समित पटेलले १७ बलमा ३चौका र ३ छक्का प्रहार गर्दै ३९ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका लागि प्रतिश जिसी प्रभावकारी रहे । उनले २ ओभर बलिङ गरेका उनले १८ रन खर्चेर ३ विकेट लिए ।

रासिद खान, नारायण जोशी र विवेक यादवले १-१ विकेट लिए । बलिङ गरेका मध्ये रासिदले मात्र विकेट लिन सकेनन् ।

समूह बी मा रहेको नेपालले अब आइतबार अष्ट्रेलियाको सामना गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!