कोरोनाले फेरिएको भिम अस्पतालको मुहार,,,,,

सम्झना शर्मा  भैरहवा, २७ चैत  , भिम अस्पताल यस अघि ग्रामिण क्षेत्रका विपन्न परिवारको लागि मात्र थियो । नीजि अस्पतालमा महंगो उपचार गराउन नसक्ने सर्वसाधारण मात्र त्यहां पुग्ने गर्दथे तर कोरोनाको कहरसंगै भिम अस्पताल भैरहवा– प्रदेश नम्बर ५ को सुविधासम्पन्न कोरोना विशेष उपचार अस्पतालका रुपमा चिनिदै छ ।
अब यस अस्पतालमा सर्वसाधारण मात्र होईन यदि कोरोना भाईरसको शंका लागेमा ,लक्षण देखिएमा वा कोरोना भाईरस संक्रमित पुष्टी भएमा भिआई समेत यहां उपचारका लागि आउने छन् । कोरोनाले भिम अस्पतालमा गरीब र धनीबीचको विभेदको अन्त्य गरेको छ । जहां अहिले तीन वटा भेन्टिलेटर सहित पांचवटा वेडको सघन उपचार कक्ष – आईसियु र ३० वेडको कोरोना विषेश उपचार वार्ड गरी ३५ वेडको सुविधा सम्पन्न कोराना अस्पताल बन्ने अन्तिम तयारीमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
रुपन्देही जिल्लाको सबैभन्दा पुरानो अस्पताल भीम अस्पताल भैरहवामा कोरोना भाइरस पोजेटिभ देखिएका बिरामीलाई उपचार गर्नेगरी उपकरणहरु जोड्ने काम भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नविन दर्नालले जाकारी दिनुभयो । भैरहवाकै मुटु बैंकरोडमा रहेर पनि अहिलेसम्म यस अस्पतालको स्तरउन्नतीको लागि ठोस पहल भएको थिएन । प्रदेश सकारले चासो दिएको समयमा यसको रङ्ख रोगन देखि अन्य मर्मतका कामहरु भईरहेको मेसु दर्नालले जानकारी दिनुभयो ।

केही वर्ष अघि समम अस्पतालमा रहेको एक्सरे मेसिन समेत दक्ष प्राविधिकको अभावमा संचालन हुन सकेको थिएन । अस्पतालको स्तरोन्नतीमा अहिले प्रदेश सरकारले विषेश चासो दिएर बजेट दिएका कारण अस्पतालले आवश्यक उपकरण सहित अन्य मर्मतका कामहरु धमाधम गरिरहेको छ । जसका लागि प्रदेश नम्बर ५ का सरकारका सामजिक विकास मन्त्री सुदर्शन बराल लागि पर्नुभएको छ ।
कोरोना विशेष अस्पताल छिट्टै सञ्चालनमा ल्याउन प्रदेश सरकारका सामजिक विकास मन्त्री बरालले दैनिक २ पटक अस्पताल निर्माण कार्यको निरीक्षणमा आउने गर्नुभएको छ ।
कोरोना विशेष उपचार अस्पताल आगामी हप्तासम्ममा सञ्चालनमा आउने भीम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नालले बताउनुभयो । उहांले भन्नुभयो ‘हामीले रातदिन लगाएर काम गराइरहेका छौं । अहिलेसम्म भौतिक पूर्वाधारको काम सम्पन्न भइसकेको छ । उपकरणहरु जडान हुंदैछन् । थप जनशक्ति व्यवस्थापनको लागि सूचना निकालिसकेका छौं । हप्ता दिनभित्रै पूर्ण तयार भइसक्छ ।’

 

कोरोना विशेष उपचार अस्पतालको लागि थप ६ जना विशेषज्ञ चिकित्सक, १० जना मेडिकल अधिकृत र १६ जना स्टाफ नर्स माग गरिएको छ । उक्त अस्पतालमा अहिले ८ जना चिकित्सक कार्यरत छन् । तर प्रदेश नम्बर ५ मा अहिलेसम्म कोरोना संक्रमणका विरामीहरु भने फेला परेका छैनन् । अन्य नीजि अस्पतालले रिफर गरेका उच्च ज्वरोका विरोमीहरुलाई अस्पतालले उपचार गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!