बुद्ध परिपथलाई परिचित गर्न बुद्ध ज्ञान साइकल यात्रा

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध सँग सम्बन्धित स्थानको (परिपथ)लाई विश्व सामु परिचित गराउने उद्देश्यका साथ रुपन्देहीमा बुद्ध ज्ञान साइकल यात्रा गरिने भएको छ ।

स्वास्थ्य र पर्यावरणका लागि साइकल भन्ने नाराका साथ २०७७ सालमा गठन भएको साइकल सिटी भैरहवाको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्ने गरी बुद्ध ज्ञान साइकल यात्राको सुरुवात गर्न लगिएको हो ।

यस क्षेत्रको ब्राण्डको रुपमा देश विदेशका साइकल यात्रील्याई विश्वमा चिनाउन लुम्बिनी र लुम्बिनीसँग सम्बन्धित क्षेत्रको जानकारी, गनतव्यलाई परिचित गर्दै पर्यटनको माध्यमबाट बजार चलायमान गराउन २ दिने साइकल यात्राको सुरुवात गर्न लागिएको साइकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । साइकलको माध्यमबाट बुद्धलाई थप विश्वमा परिचत गराउन यो यात्राको सुरुवात गर्न लागिएको हो ।

यस वर्ष देखि हरेक वर्ष निरन्तरता दिदै जाने उद्देश्यका साथ पहिलो पटक नेपाल र भारतका विभिन्न क्षेत्रका करिब २ सय साइकल यात्रीहरु सहितको साइकल यात्रा गर्न लागिएको हो । २ दिने साइकल यात्रा सिद्धार्थनगरबाट सुरु भई करिब १८० किलोमिटरको यात्रा तय गर्ने अध्यक्ष सारुले भने ।

हाल सम्म १५० बढि साइकल यात्रीले दर्ता गराइसकेको जस्मा भारतको जम्मु काश्मिर, पञ्जाब, उत्तरप्रदेशका साइकल यात्रीहरु आउने छन भने अन्य क्षेत्रका यात्रीहरुलाई सहभागी गराउने योजनामा संस्था रहेको छ । माघको १२ र १३ गते हुने यात्राको पहिलो दिन सिद्धार्थनगर देखि रामग्राम, देवदह, सुद्धोधन, कंचन , गजेहडा हुदै जगदीशपुर ताल सम्म हुने छ भने दोस्रो दिन जगदीशपु ताल देखि निग्लिहवा, तिलौराकोट, सगरहवा, कुदान, गोटिहवा, लुम्बिनी हुदै सिद्धार्थनगर सम्म रहने कार्यक्रम संयोजक दिनेश अमात्यले जानकारी दिए । सिद्धार्थनगरको लुम्बिनी गेट पुगेका साइकल यात्रीहरुले सोही दिन भैरहवा नगरको परिक्रमा गर्ने छन ।

करिब १ सय ८० किलोमीटर हुने यात्रामा बुद्ध संग सम्बन्धित स्थानहरुको जानकारी गराउनुको साथै पर्यटन प्रवर्द्धन एवम प्रचार प्रसार हुनेछ भने आर्थिक चलायमानमा पनि केही टेवा पुग्ने अपेक्षा रहेको छ । साइकलले आर्थिक मात्रै होइन स्वास्थ्य र पर्यावरणको लागि पनि फाइदाजनक रहेकोले स्थानीय, प्रदेश तथा केन्द्र सरकारले साइकल लेनको लागि पहल गर्न आग्रह गरे । साइकल शहरको रुपमा विकास गर्ने उद्देश्यका साथ गठन भएको साइकल सिटीम हाल ७६ जना सदस्यहरु रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!