कोटहीमाईले ल्यायो नीति तथा कार्यक्रम, ४८ करोड ५७ लाख ५० हजारको बजेट पेश

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले १२ आँै गाउसभामा वर्ष २०८०/८१ का लागि नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ । असार १० गते भित्र ल्याउनु पर्ने नीति, कार्यक्रम तथा बजेट पालिकाले आन्तरिक कारण ल्याउन सकेको थिएन, आइतबार पालिकाले १२ औँ गाउँ सभाबाट ४८ करोड ५७ लाख ५० हजार बजेट पेश गरेको हो ।

गाँउपालिका प्रमुख बालकृष्ण त्रिपाठीले विगतमा भएको उल्लेखनीय कामलाई निरन्तरता दिदै आवश्यकताका आधारमा नया कामको पनि सुरुवात गर्ने जनाएका छन । उनले आर्थिक बर्ष २०८०÷२०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकाको समस्याको रुपमा रहेको सिंचाइका लागि विद्युत प्राधिकरणको सहकार्यमा निशुल्क विद्युतको ब्यवस्था, स्वास्थय क्षेत्रको विकासका लागि प्राथमिकता दिदै कृषि, शिक्षा एवम सामजिक बिकासलाई अगाडि बढाउने निति लिएको बताए ।

उनले गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइने एवम गाउँपालिका भित्रका बर्थिङ सेन्टरमा सुत्केरी गराउने गर्भवती महिलालाई सुत्केरी हुन स्वास्थ्य संस्थामा जाँदा र सुत्केरी पश्चात घरमा फर्कदा एम्बुलेन्स शुल्क नलाग्ने व्यवस्था मिलाईने बताए ।

यस्तै बालिका जन्म प्रोत्साहन, कक्षा १० मा अध्ययनरत छात्राहरुलाई पठनपाठनमा प्रोत्साहन गर्न साईकल वितरण, बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन, उपाध्यक्ष सुत्केरी प्रोत्साहन तथा पोषण सामाग्री वितरण गर्ने नीति लिएको बताए । गुणस्तरीय शिक्षा कोटहीमाईको प्रतिबद्धता” भन्ने मुल ध्येय सहित सबै बालबालिकालाई विद्यालयमा अनिवार्य पठाउँ, सिकाउँ र टिकाउँ भन्ने अभियान सहित सामुदायिक तथा धार्मिक विद्यालयहरुमा भौतिक पुर्वाधार विकाससँगै गुणस्तर वृद्धिमा जोड दिइने उनले बताए ।

पालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम एवम अनुमानित आय ब्यय समेत सार्वजनिक गरेको छ गाउँसभाबाट ४८ करोड ५७ लाख ५० हजार बराबरको बजेट सार्वजनिक भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्तवले जानकारी दिए ।

चालु वर्ष विभिन्न योजना र कार्यक्रममा तर्फ ८४.४ प्रतिशत प्रगति पालिकाले हासिल गरेको छ, पुजिगत तर्फ ८८ र चालु खर्च तर्फ ७८ प्रतिशत कार्यप्रगति भएको छ । योजना बनाएपनि पालिकाको योजनामा परेको १ करोड १६ लाख बजेटमा कटौती भएकोले पनि प्रगतिमा केही संकुचन आएको प्रमुख प्रशासकिय अधिकृत श्रीवास्तवले बताए ।

नेपाल सरकारको निशर्त वित्तिय समानिकरण अनुदान १२ करोड ६५ लाख, राजश्व बाँडफाँडबाट ९ करोड ८४ लाख ६२ हजार ४ सय आन्तरिक आय तर्फबाट ५० लाख, बैंक मौज्दात अनुमानित आय रु २ करोड ६० लाख ८० हजार पाँच, संघीय सशर्त चालु अनुदान १७ करोड १२ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदानबाट ९१ लाख ९७ हजार, शसर्त अनुदानबाट रु ९१ लाख ५० हजार, प्रदेश सरकारको राजश्व बाडफाडबाट रु ५० लाख ६० हजार ५ सय ९५, नदीजन्य श्रोतको बाडफाडबाट ५१ लाख र समपूरक अनुदान संघबाट ५० लाख, प्रदेश सरकार समपूरक अनुदानबाट १ करोड र जिल्ला समन्वय समिति अनुदानबाट १ करोड ५० लाख गरी कुल जम्मा रकम रु ४८ करोड ५७ लाख ५० हजार बजेट सभामा प्रस्तुत भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीवास्तवले जानकारी दिए ।

यसै गरी कुल अनुमानित आयबाट पालिकाको प्रत्येक वडालाई १ करोड १५ लाखको दरले जम्मा रु ८ करोड ५ लाख विभिन्न शाखाहरुमा रु १ करोड ६६ लाख प्रशासनीक खर्च तर्फ रकम रु ६ करोड ९५ लाख, समपूरक कोषको लागि रु ४ करोड ५ लाख र पालिका तर्फ रु ६ करोड ७३ लाख, सशर्त तर्फ रु १९ करोड ५३ लाख ५० हजार र जिल्ला समन्वय तर्फ १ करोड ५० लाख विनियोजन भएको पालिकाले जनएको छ ।

कोटहीमाइ गाउपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षता, जिल्ला समन्वय समितिका उप प्रमुख राम कृपाल धवलको प्रमुख आतिथ्यतामा भएको सभामा पालिकाका उपाध्यक्ष शुसिला कुमारी यादव, प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्तव, गाउँसभा सदस्य अर्जुन केवट, हबिब खान, इशराक अहमद खान, स्थानिय गुरुवचन यादव, रामगणेश पाल, बिपद ब्यवस्थापन सन्जालका राष्ट्रिय अध्यक्ष जगन्नाथ यादव, वडा नम्बर १ का वडा अध्यक्ष राजेश गुप्ता, वडा नम्बर ५ का अध्यक्ष सन्जय कुमार सैनी लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन अजय सिंह एवम स्वागत सनोज कुमार चौधरीले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!