नयाँ वर्षमा नान्स होटलमा यमन ब्याण्डको प्रस्तुती

भैरहवा ।  अँग्रेजी नयाँ बर्ष २०२५ लाई लक्षित गर्दै भैरहवाको पहिलो तारे होटल नान्सले आफना ग्राहकहरुका लागी सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

नान्स होटलका महाप्रबन्धक सुनिल श्रेष्ठका अनुसार न्यू इएर इभका दिन राती होटलको स्विमिंग पुल साइडमा सांगितिक माहोल सहितको कार्यक्रम आयोजना हुनेछ । महाप्रबन्धक श्रेष्ठका अनुसार यमन व्यान्डको प्रस्तुती  साथै चर्चित डान्सर मनिषाको समेत नृत्य रहेको बताए । इभमा सांगितीक कार्यक्रममा सहभागी हुन प्रबेश निशुल्क रहेको र आफुलाइ मनपर्ने बिभिन्न खानाका परीकार मेनु अनुसार अर्डर गरी खान सकिने श्रेष्ठले बताए ।

नयाँ बर्ष कै अवसरमा होटलमा बस्न आउने ग्राहकका लागि एक रातको ७ हजार रुपैयाको अफर ल्याएको छ ।  अफर अनुसार एक रात बास बसेको ,रात्री बुफेट डिनर र बिहानको ब्रेकफास्ट सो रकममा २ जना(कपल)को लागी उपलब्ध रहेको होटलले जनाएको छ । चार तारे नान्स होटल भैरहवाको देबकोटाचोकमा अवस्थित छ । होटलमा स्विट र डिलक्स गरी ६० कोठा रहेको छ भने कुची भ्वय नामको नेवारी रेष्ट्रो र क्याफे थर्टिन्थ स्ट्रीट नामको २४ घन्टे कफी सप समेत रहेको छ भने होटल परीसरमा क्यासिनो प्याराडाइज सञ्चालनमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!