विधुत्तीय गाडीमा आकर्षण बढ्दो भित्रियो तीन गुणा बढि

भैरहवा । नेपालमा पछिल्लो समय विधुत्तीय सवारी साधानमा आकर्षण बढ्दो रहेको पाइएको छ । ग्राहकहरू विद्युतीय सवारी साधनप्रति आकर्षित भएसँगै बजारमा माग बढ्दै गएको हो, ग्राहकहरूमा विद्युतीय साधनप्रति विश्वास पनि बढेको छ । सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयातमा कडाई गरेसँगै नै आकर्षण बढ्दै जादा विद्युतीय गाडीको आयातमा पनि वृद्धि भएको छ ।

पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनबाट हुने वायु प्रदूषणबाट दम, बोन्काइटिस, क्यान्सरका रोग लाग्ने भएकाले विश्वव्यापी रूपमा विद्युतीय गाडीको माग बढ्दै गएसँगै नेपालमा पनि बढेको छ । चालू आवको चैत्र महिना सम्म एक हजार ७ सय ५५ वटा विद्युतीय जीप कार भ्यान भैरहवा भन्सार कार्यालय हुदै भित्रिएको छ । जसबाट १ अर्ब ४१ करोड २१ लाख ९१ हजार राजश्व उठेको छ । चालू आवको पहिलो महिनामै नेपाल भरी २११ वटा विद्युतीय गाडी भित्रिएका थिए जसबाट सरकारले पहिलो महिनामा २१ करोड राजश्व संकलन गरेको थियो ।

भैरहवा भन्सार हुदै ९ महिनामा आयात भएका विधुत्तीय जीपकार भ्यान गत आर्थिक वर्षको अयातभन्दा ३ गुणा बढि रहेको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ । आर्थिक वर्ष २०७८÷७९ को चैत्र सम्म भैरहवा भन्सार कार्यालय हुदै ५ सय १४ वटा विधुत्तीय सवारसिाधान भित्रिएको थियो । कुल १ अर्ब २८ करोड ६४ लाख ४४ हजार बराबरको विधुत्तीय सवारीप्साधानबाट गत वर्ष ३८ करोड ३३ लाख ६५ हजार राजश्व संकलन भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उपेन्द्र लामिछानेले जानकारी दिए ।

विद्युतीय सवारी साधानका लागि सरकारले पनि नीति मार्फत नै प्रोत्साहन गरेको छ । पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकका संख्या पनि बढ्दो क्रममा रहेको छ । लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुनेगरि आवश्यक पूर्वाधार पनि विस्तारै बन्दै गएकाले पनि आकर्षण बढेको हो । केपी ओली प्रधानमन्त्री हुँदा, तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सन् २०३१ सम्ममा पेट्रोलबाट चल्ने साना सवारीसाधन पूर्ण हट्ने घोषणा नै गरेका थिए ।
चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा २ हजार ४५१ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार यसबाट ६ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ भने सरकारले १ अर्ब ९३ करोड राजश्व उठाएको छ । चैत महिनामा २५३ युनिट विद्युतीय कार, जिप र भ्यान आयत भएका छन् ।

यो अवधिमा सबैभन्दा धेरै भारतबाट ४ अर्ब ७१ करोड ९८ लाख रुपैयाँको १७५५ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । यसैगरी, चीनबाट १ अर्ब ८ करोड ५१ लाख बराबरको ४२९ युनिट, कोरियाबाट यो अवधिमा १ अर्ब ६ करोड ६७ लाख रुपैयाँको २६० युनिट र इन्डोनेसियाबाट ६४ लाख रुपैयाको ३ युनिट तथा अमेरिकाबाट २ करोड २७ लाख बराबरको ४ वटा विद्युतीय गाडी आयात भएको भन्सार विभागको तथ्याङक छ ।
भित्रिने सवराीसाधानमा सबैभन्दा बढी १०० किलोवाटभन्दा कम रेन्जका विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । विभागका अनुसार यो अवधिमा नेपालमा ६ अर्ब ५२ करोड बराबरको २३ सय ७९ युनिट १०० किलोवाटभन्दा कम रेन्जको विद्युतीय सवारी साधन आयात भएका छन् । त्यसैगरी, १०० किलोवाटदेखि २०० किलोवाटसम्मको २७ करोड १२ लाख बराबरको ६५ युनिट र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको ४ करोड ६५ लाख बराबरको ७ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् ।

सरकारले चालु आर्थिक वर्षको सुरुदेखि नै निरन्तर प्रतिबन्ध कायम राखेको पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात पुस १ गतेबाट खुल्ला गरेको थियो । यद्यपि अहिले पनि यी कारको आयात कमै मात्र भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को नौ महिना (साउनदेखि चैतसम्म)को तुलनामा यस पटक विद्युतीय सवारी साधनको आयात बढेको हो । गत आर्थिक वर्षको नौ महिनामा एक हजार ७३ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएकोमा यस पटक दुई हजार चार सय ५१ वटा भित्रिएको तथ्यांकले देखाउँछ ।

गत वर्ष सो अवधिका यस्ता विद्युतीय सवारी खरिदको लागि सरकारले चार अर्ब २९ करोड ६६ लाख ३१ हजार खर्चेको थियो । जसबाट एक अर्ब १६ करोड ५५ लाखको राजस्व उठेको थियो ।
सुरुवाती चरणमा अन्योलता भएपनि विस्तार् विधुतीय गाडीप्रतिको बुझाईमा फरकपन आउन थालेपछि विद्युतीय सवारी साधनको माग बढ्ने गरेको छ । विद्युतीय सवारी साधनको सञ्चालन खर्च इन्धनबाट चल्ने सवारी साधनको तुलनामा कम पर्ने, वातावरणीय प्रभावपनि नहुने भएकोले सचेत उपभोक्ताले यस्को प्रयोग गर्न थालेका छन । हाल बजारको १० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ । अझै नेपालमा चार्जिङ स्टेसनको अभाव, उच्च ब्याजदर र मुद्रास्फीतिका कारण विद्युत् गाडीको माग सोचे अनुसार छैन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!