भैरहवामा न्यून दृष्टि तालिम

भैरहवा । न्यून दृष्टिलाई कसरी अधिकतम उपयोग गर्ने उद्देश्यका साथ भैरहवामा ५ दिने न्यून दृष्टि तालिम सुरु भएको छ । नेपाल नेत्र ज्योती संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आखा अस्पताल रुपन्देहीको आयोजना तथा नेपाल सरकारको सहयोगमा १३ जना दृष्टि विशेषज्ञ र नेत्र सहायकहरुलाई तालिम दिइएको हो ।

कम दृष्टि भएका विरामीमा भएको दृष्टिलाई जोगाउदै अधिकतम उपयोग गराउनका लागि प्राविधिक जनशक्तिलहरुलाई प्रशिक्षण दिएका छौ, जनशक्ति उत्पादनसँगै दक्षता बृद्धिका लागि नेपाल नेत्र ज्योति संघ मातहतका देशभरिबाट सहभागिता रहेको प्रमुख प्रशिक्षक हुकुम पोखरेलले बताए ।

उनले आखाको उपचारत्मक, निवारण र रोकथाममा काम गर्दे आएको नेत्र ज्योतिसघले आखाको पुर्नस्थापनाको क्षेत्रमा पनि आखाको दृष्टि र न्यून दृष्टिमा काम गर्ने गरेको बताए । उपकरणको माध्यमबाट न्यून दृष्टिलाई बढि भन्दा बढि कसरी उपयोग गर्ने मुख्य यो कार्यक्रमको उद्देश्य रहेको बताए । पूर्व देखि पश्चिम सम्मका १३ जना आखाका प्रविधिकहरुलाई मुख्य प्रशिक्षक पोखरेल सहित ज्ञान बहादुर बस्नेत र हरि थापाले सहजीकरण गर्ने छन ।

तालिमको उद्घाटनको अवसरमा बोल्दै नेपाल नेत्र ज्योती संघ रुपन्देहीका सभापति कमलराज जोशीले २०३८ सालबाट लुम्बिनी क्षेत्रमा रुपन्देही शाखाले आखाको क्षेत्रमा काम गर्दै आएको बताए । उपचारसँगै जनशक्ति पनि उत्पादन गर्दै आएको संस्थाले दक्षता बृद्धिलाई मध्यनजर गर्दै देशभरका १३ जनालाई यो तालिम प्रदान गरि कम दृष्टिका लागि दक्ष जनशक्ति उत्पादन गर्ने बताए ।

सो अवसरमा बोल्दै निमित्त मेडिकल डाइरेक्टर सुशिला पटेलले कुनै पनि प्रशिक्षणमा प्रशिक्षक र सहभागीले शत प्रतिशत लागे नतिजा पनि शत प्रतिशत आउने बताए । नेपाल सरकारको सहयोग अनुदानमा भएको तालिम पश्चात यसको प्रयोग गरी सेवाग्राहीलाई लाभान्वित गर्न सके मात्रै तालिमको औचित्य हुने बताए । उनले तालिम गरेर मात्रै सफलता नहुने बताउदै भविष्यमा यस्को क्रियाकलापले नै उपयोगिता निश्चित हुने बताए ।

आँखा अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीको स्वागत तथा सूचना अधिकारी प्रतीक पाण्डेको सञ्चालनमा  सुरु भएको तालिममा नेपालको पूर्व देखि पशिचम सम्मका विभिन्न अस्पतालका प्राविधिकहरु सहभागी रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!