युनिभर्सल मेडिकल कलेजकाे २६औं वार्षिक साधारणसभा सम्पन्न

भैरहवा । युनिभर्सल ईन्स्च्यिुट अफ एडभान्स स्टडीज् एण्ड रिसर्च सेन्टर प्रा.लि. (यु.सि.यम.यस., शिक्षण अस्पताल) को ‘२६औं वार्षिक साधारण सभा’ भैरहवामा सम्पन्न भएकाे छ ।
शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा वि.सं. २०५४ सालमा स्थापना भई स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज अन्तराष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादनका साथै सर्वसुलभ तथा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा संस्थाले भोलिका दिनमा थप प्रभावकारी भएर आफ्ना क्रियाकलाप केन्द्रित गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।
यु.सि.यम.यस. शिक्षण अस्पतालका अध्यक्ष रमेश शर्माको सभापतित्व तथा संस्थाका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्यालको सहभागितामा सम्पन्न भएको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष रमेश शर्माले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो भने प्रबन्ध निर्देशक खुमा प्रसाद अर्यालले सभामा सहभागी शेयर सदस्यहरुबाट उठेका प्रश्न, जिज्ञासा, सुझाव लगायत आगामी कार्ययोजनाका बारेमा आफ्ना धारणा राखेको थियो । कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले आर्थिक वर्ष २०८०/०८१ को लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरेको थियो । साधारणसभा अन्तर्गत सम्पन्न निर्वाचनमा आगामी सञ्चालक समितिका लागि निर्देशकमा रमेश शर्मा, खुमा प्रसाद अर्याल, लोकहर्ष शाक्य, सिताराम तिमल्सिना र परिक्षित खेम्का निर्विरोध निर्वाचित भएको छ । साथै आजै सम्पन्न पहिलो सञ्चालक समितिको बैठकले अध्यक्षमा रमेश शर्मा र प्रबन्ध निर्देशकमा खुमा प्रसाद अर्याल सर्वसम्मतिले चयन गरेको छ ।
सभामा यु.सि.यम.यस.का निर्देशक भेषराज अर्याल, सतिष केडिया, संजिविनी ग्रुप अफ कम्पनीका जनरल म्यानेजर सन्तोष कुमार खनाल, यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा.डा.रविन्द्रमान श्रेष्ठ, नेपालगंज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार वि.एन., प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, वित्त नियन्त्रक सुरज पौडेल लगायतको उपस्थिति रहेको थियो । साधारणसभा संस्थाका निर्देशक लोकहर्ष शाक्यको स्वागत तथा कम्पनी सचिव राजु बस्नेत क्षेत्रीको सञ्चालनमा भएको थियो ।
हालसम्म यस कलेजबाट स्नातक कार्यक्रम अन्तर्गत एम.वि.वि.एस.मा २,१६३, वि.डि.एस.मा ७१३, वि.एस्सी. नर्सिङ्गमा २००, वि.एन.एस.मा १३५, वि.फार्मेसीमा १२१, वि.एस्सी. एम.एल.टी.मा ४४, वि.पि.एच.मा ५५, वि.एस्सी. एम.आई.टी.मा ९, स्नातकोत्तर कार्यक्रम अन्तर्गत एम.डि.÷एम.एस.मा २६३, एम.डि.एस.मा ७१ र एम.एन.मा ७ गरि कुल ३,७८१ जना विद्यार्थीहरु दिक्षित भएका छन् भने अस्पतालले आर्थिक वर्ष २०८०/०८१ मा १९,३४१ आकस्मिक विरामी, १९२,८३७ ओ.पि.डी. विरामी, १७,८३४ आई.पि.(भर्ना विरामी), ५,९६३ शल्यक्रिया, ४,०५७ प्रसुति सेवा (डेलिभरी), ९,५१६ डायलासिस सेवा, ४,३३,१२६ प्रयोगशाला परिक्षण मार्फत सेवा दिएको छ ।
यसैगरी आजै सम्पन्न एभरेष्ट कलेज अफ मेडिकल साइन्सेज प्रा.लि.को १६औं वार्षिक साधारणसभा अन्तर्गत सम्पन्न निर्वाचनमा आगामी सञ्चालक समितिका लागि निर्देशकमा रमेश शर्मा, खुमा प्रसाद अर्याल, लोकहर्ष शाक्य, सिताराम तिमल्सिना, परिक्षित खेम्का, डा.हेमन्त कुमार हलुवाई र श्रेयास अग्रवाल निर्विरोध निर्वाचित भएको छ । साथै आजै बसेको पहिलो सञ्चालक समितिको बैठकले अध्यक्षमा रमेश शर्मा र प्रबन्ध निर्देशकमा खुमा प्रसाद अर्याल सर्वसम्मतिले चयन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!