हिमाली सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी ७,८ र ९ को आयोजनामा शनिवार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुरेन्द्र जंग थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालको प्रमुख आथित्यता रहेको थियो । संस्थाले निरन्तर रुपमा वर्षमा तिन फटक रतदान गर्दै आईरहेको र कोभिडका कारण केही समय कार्यक्रम हुन नसकेको अवस्थामा अब यसलाई निरन्तरता दिईने संस्थाका अध्यक्ष सुरेन्द्र जंग थापाले जानकारी दिनुभयो ।
कर्यक्रममा प्राविधिक सहयोग पुरयाउदै आईरहेको नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले जिल्लाका सबै नागरिकलाई उपचारका क्रममा आवश्यक रगतमा कुनै पनि शुल्क नलिने गरी अभियानमा लागेको नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा शसस्त्र प्रहरी वल २७ नं गणका प्रहरी नायव उपरिक्षक प्रेम प्रकाश सिक्देल , नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपाने , कोषाध्यक्ष शुसिल गुरुङ्ग , निर्माण व्यवसायी संघका अध्यक्ष दिपक शाही , संस्थाका आजिवन सदस्य दामोदर शर्मा घिमिरे , वडा प्रहरी कार्यालयका प्रमुख मधु नेपाल , जिल्ला ट्र्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक साकार पन्त , लुम्बिनी प्रेस क्लवका अध्यक्ष सम्झना शर्मा लगायतको उपस्थिति रहेको संस्थाका सचिव बिष्णु प्रसाद मरासिनीले बताउनुभयो । कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । 



