विकल्प खोज्दै उद्योगी व्यवसायी , लकडाउन थप्दै सरकार

सम्झना शर्मा
छ बुंदे सुझाव सहित लकडाउनको स्वरुप परिवर्तन गर्न माग गर्दै िसद्धार्थ उद्योग वाणिज्य संघको अगुवाईमा ज्ञापन पत्र बुझाईएको छ ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको चार महिना लामो लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने मजदुरलाई हातमुख जोड्न समस्या भई विचल्लीमा परेको भन्दै बन्दाबन्दीको स्वरुप परिवर्तन गरी जनताको दैनिकीलाई सहज बनाईदिन आग्रह गर्दै संघले प्रमुख जिल्ला अधिकारी तथा सिद्धार्थनगर नगरपालिकामा ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष कुलपसाद न्यौपानेले जानकारी दिनुभयो ।
लगातारको बन्दबाट उद्योग, ब्यवसाय क्षेत्र लामो बन्दको कारण आर्थिक गतिविधि ठप्प हुन जांदा विद्युत, घरभाडा, बैंक ब्याज, कर्मचारीको तलब भुक्तानी गर्न नसक्ने अवस्था हुन पुगेको र यसबाट बेरोजगारी र उद्योगी /व्यवसायी पलायन हुने अवस्था दखिएकाले सरकारले अबलम्बन गरेका स्वास्थ्य सुरक्षालाई कडाईका साथ लागु गराई वातावरण सहज बनाउन ज्ञापन पत्रमा भनिएको छ । संघले लकडाउनको स्वरुप परिवर्तनका लागि सुझाव समेत दिएको छ ।
कोरोनाको रोकथाम संगै जनताको देनिकी चलायमान बनाउनको लागि रुपन्देही जिल्ला बेलहिया नाका लगायत सबै सिमा क्षेत्रहरुमा कडा निगरानी राखी आवत जावत व्यवस्थित बनाउन पर्ने संघको सुझाव छ ।
यस्तै कोरोना भाइरस र बच्ने तरिका बारेमा व्यापक रुपमा जनचेतना कार्य गर्नुपर्ने, मास्क नलगाई हिडडुल गर्नेलाई जरिवाना गरिनु पर्ने, अस्पतालको राम्रो प्रवन्ध गरिनु पर्ने, व्यवस्थित क्वारेन्टीन र आइसोलेसन कक्षहरुको निर्माण , संक्रमितहरु भएको स्थान वरपर परिक्षण प्रत्येक वडामा प्रभावकारी रुपमा गरिनु पर्ने संघले सुझाव दिएको छ । ज्ञापनमा भनिएको छ । “ करीव १५ दिन लामो निषेधाज्ञाको पूर्ण रुपमा पालना गरी आमनागरिक तथा सबै उद्योगी व्यवसायीहरुले आ–आफ्नो दैनिकी तथा ब्यापार ब्यवसाय बन्द गरी स्थानीय सरकार तथा प्रशासनलाई कोरोना संगको लडाईको आवश्यक तयारी सिमानाकाबाट आवत जावत व्यवस्थापन समुदायमा परिक्षण,आवश्यक आइसोलेसन कक्षहरु र भेन्टीलेटरको व्यवस्था गर्न घरमै बसी सहयोग गरिरहेका अवस्थामा हामी स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयबाट ती आधारभुत तयारी भइसकेकोमा विश्वस्त छौ । यस अवस्थामा अव पनि फेरी निषेधआज्ञाको समय थप गर्दै जादा लगातारको बन्दले उद्योगी व्यवसायीहरु ज्यादै मर्कामा पर्ने तथा बंैक तथा वित्तिय संस्थाहरुमा नगद कारोवार समेत बन्द हुंदा श्रमिकहरुको ज्याला भुक्तानीमा समस्या, डब्लुएचओका अनुसार पनि करिव अझै दुई बर्ष सम्म कोरोनाको असर रहने हुंदा लकडाउन वा निषेध आज्ञा मात्र कोरोना संक्रमण रोकथामको विकल्प हुन सक्दैन,त्यसैले अन्य राष्ट्रहरुमा समेत सुरक्षित रहंदै आर्थिक गतिविधि बढाईरहेको अवस्थालाई मध्येनजर गरी अव हामी सबैले लकडाउन वा निषेध आज्ञाको विकल्प खोजी जरुरी छ । ”
पछिल्लो समय बैंकका कर्मचारीमा कोरोना पोजेटिभ देखिएसंगै यहांका बैंक तथा वित्तीय संस्थाले नगद कारोबारमा लगाएको प्रतिवन्धले मजदुर वर्ग थप मर्कामा परेको संघको बुझाई छ ।
रुपन्देहीमा भदौ २० गतेसम्म थपियो लकडाउन
लकडाउनको विकल्प खोज्दै उद्योगी व्यसायीले दिएको दवावका वावजुद रुपन्देहीमा आगामी २० गतेसम्मका लागि लकडाउन थप गरिएको छ । (सिसिएमसी ) कोरोना नियन्त्रण तथा रोकथाम केन्द्र रुपन्देहीको जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आईतबार बसेको बैंठकबाट कोरोनाको जोखिम पहिला भन्दा बढ्दै गईरहेको निश्कर्ष सहित लकडाउनको अवधी बढाइ भदौ २० गते पुरयाईएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकृत जनक थापाले जानकारी दिनुभयो । “ जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता हो । ” थापाले भन्नुभयो । कोरोना महामारीको जोखिम विश्वव्यापी समस्या भएकोले केही समय धैर्य गर्न र सरकारले लागु गरेका स्वाथ्य सुरक्षाका नियमहरुलाई पालना गरी यसको रोकथाममा सहयोग गरिदिनुहुन समेत सुचना अधिकृत थापाले सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!