एभरेष्ट बैंकद्धारा आंखा अस्पताललाई सवा १० लाख बढीको उपकरण हस्तान्तरण

एभरेष्ट बैंक लिमिटेडले लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आंखाा अस्पताल तथा रिसर्च सेन्टरलाई उपकरण हस्तान्तरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई अटोरेष्टिक्टर मिटर र केराको मिटर नामक उपकरण हस्तान्तरण गरेको हो । दृष्टीदोष पत्ता लगाईसकेपछि प्रयोग हुने चस्माको पावर जांचका लागि उतm मेसिन प्रयोग गरिने अस्पतालले जनाएको छ । बैंकिङ्घ सेवासंगसंगै सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आईरहेको एभरेष्ट बैंकले आंखाका विरामीहरुलाई सेवा दिन सहज होस् भनेर अस्पतालको आवश्यकतालाई मध्येनजर गर्दै उतm उपकरण हस्तान्तरण गरिएको एभरेष्ट बैंक सिद्धार्थनगर शाखाका प्रबन्धक शान्ति शर्माले जानकारी दिनुभयो ।
हस्तान्तरित उपकरण १० लाख १४ हजार ९ सय ९६ मुल्य बरावरको रहेको छ । उपकरण बैंकका प्रदेश नं ५ प्रदेश प्रमुख बिष्णु प्रसाद ज्ञवालीले अस्पताल ब्यवस्थापन समिति अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गर्नुभएको हो ।
उपकरण ग्रहण गर्दै अस्पतालका अध्यक्ष राणाले एभरेष्ट बैंकले आखांका विरामीको सुविधालाई महत्व दिएको भन्दै बैंक परिवारलाई धन्यावाद दिनुभयो । उपकरणको सही सदुपयोग गरेर धेरै भन्दा धेरै विरामीलाई सेवा दिने समेत उहांले प्रतिवद्धता जनाउनु भयो ।


कार्यक्रममा बैंकका सिद्धार्थनगर शाखा प्रबन्धक शान्ति शर्मा, अस्पताल ब्यवस्थापन समिति सदस्य राजेन्ऽ प्रसाद पन्थी, अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्रो. डा.ज्ञानेन्ऽ लामिछाने ,अस्पतालका चिकित्सक,कर्मचारी, सदस्य लगायतको को आतिथ्यता रहेको थियो । बैंकले यसअघि सिद्धार्थ नगरनगरपालिकालाई करीब ६० लाखको लागतमा वाताअनुकुलित प्रदुशण रहित शव दाह मेसिन हस्तान्तरण , लुम्बिनीका विभिन्न विद्यालयमा पंखा वितरण, कोरोना कहरमा लकडाउनको मारमा परेका सर्वसाधारणलाई राहत वितरण लगायतका सामाजिक कामहरु गर्दै आईरहेको छ ।
अधिकतम ग्राहकको मन जित्न सफल यस बैंकका हाल ११ लाख भन्दा बढी सन्तुष्ट ग्राहक संख्या छ भने देशभर ९५ शाखाबाट विभिन्न बैंकिङ्घ सेवा प्रदान गर्दै आईरहेको छ । प्रादेशिक कार्यालय सहित १२२ एटिएम बुथ सहित अत्याधुनिक मोबाईल, ईन्टरनेट, एसएमएस सुविधा दिदै ३१ वटा संकलन केन्द्रबाट नेपाल सरकारको राजश्व संकलनमा टेवा दिईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!