निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ५ ले कोरोना रोकथाम तथा नियनत्रण कोषमा १३ लाख रुपैंया सहयोग गरेको छ ।
प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको उतm कोषमा महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष वलिभद्र राना,केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझी, रुपन्देही जिलला अध्यक्ष विनय ज्ञवाली प्रदेश कोषाध्यक्ष त्रिभुवन मिश्रा लगायतले संयुतm रुपमा उतm रकमको चेक मुख्य मन्त्री शंकर पोख्रेललाई हस्तान्तरण गरे ।
प्रदेश सरकारलाई कारोना भाईरस नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पुगोस् भनेर महासंघले प्रदेश सरकारको कोषमा रकम जम्मा गरिएको अध्यक्ष वलिभद्र रानाले जानकारी दिनु भयो ।
महासंघले स्थानीय सरकारले स्थापना गरेको कोषमा समेत सहयोग गरेको जनाइएको छ । यस्तै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको बुटवल शाखाको अगुवाईमा बुटवलको धागो कारखानामा स्थापना गरिएको कोरोना विषेश अस्पतालमा ८ लाखको लागतमा १७ वटा अस्थायी शौचालय, चार वटा वाथरुम निर्माण गरी सहयोग गरेको जिल्ला अध्यक्ष विनय ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै शाखाले अस्पताल सम्म जानका लागि १ सय मिटर वाटो निर्माण गरेको छ । अहिलेको विशम परिस्थितिमा कोरोनाको सामना गर्न सरकार एक्लैलाई कठिन हुने भन्दै अध्यक्ष ज्ञवालीले सबैले आआफ्नो तहबाट सरकारलाई सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।
