कोरोना भाईरसका कारण नीजि क्षेत्रमा पर्न सक्ने असरका विषयमा छलफल

भैरहवा,चैत
सिद्धार्थ उद्योग बाणिज्य संघले कोभिड १९ भाइरसको महामारी नेपालमा आए त्यसबाट हुने जोखिम न्युनिकरणको बिषयमा छलफल तथा बहस कार्यक्रम गरेको छ ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले कोभिड १९ भाइरसको संक्रमण नेपालमा फैलिए जनता मात्र नभएर देशको आर्थिक अवस्था समेत संकटमा पर्ने बताए ।
जनताको स्वास्थ अवस्था संगै सरकारले देशको आर्थिक अवस्था संकटमा पर्न नदिन ठोस योजना बनाएर अघि बढ्नु पर्ने दिए । बिश्वमा महामारीको रुपमा आएको कोरोना भाइरस (कोभिड १९) नेपालमा प्रवेश गरेको खण्डमा नीजि क्षेत्र सरकारसंग सहकार्य गरेर अघि बढ्ने तयार रहेको न्यौपानेले बताए । ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महादेव पन्तले कोरोना भाइरसको महामारीको बारेमा जिल्ला प्रशासन कार्यालय रुपन्देही गम्भिर रहेको जानकारी दिए । पन्तले बिपद्को समयमा हुने कालो बजारी लगायतका क्रियाकलाप रोक्न नीजि क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रहरी प्रमुख उपरिक्षक हेम कुमार थापा, सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष ओमकार गौचन, महेन्द्र कुमार श्रेष्ठ लगायतको आतिथ्यता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!