बैंकको व्याज ६ महिनासम्म शुन्य प्रतिशत गर्नुपर्ने उद्योग व्यापार संगठन रुपन्देहीले माग

 

भैरहवा, चैत
कोरोना भाइरस (कोभिड १९) ले विश्वव्यापी महामारीको अवस्था सिर्जना गरेको र त्यसको मुख्य प्रभाव आर्थिक क्षेत्रमा परेकोले बैंकको व्याज बढीमा ६ महिनासम्म शुन्य प्रतिशत गर्नुपर्ने उद्योग व्यापार संगठन रुपन्देहीले माग गरेको छ ।
नेपालमा महामारीको रुपमा आउन नदिन सरकारबाट अझ बढी सचेतना वृद्धि गर्दै विभिन्न राहतका कार्यक्रमहरु घोषणा गर्नुपर्ने संगठनको माग छ ।
संगठनले २०७६ साल चैत मसान्त र असार मसान्तमा तिनुपर्ने व्याज र किस्तालाई २०७७ साल असोजसम्मको समय सिमा थप गर्नुपर्ने लगायतको माग राख्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

संगठनले कोरोना भाइरसको महामारी फैलिन नदिन सम्पूर्ण नाकाहरु बन्द गरी आवतजावत पूर्णरुपमा रोक्नुपर्ने तथा आउनैपर्ने व्यक्तिहरुको पूर्णरुपमा चेकचााच गरी १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने, उद्योग व्यवसायमा देखिएको मन्दीलाई राहत प्रदान गर्नको लागी महामारी अवधीको बढीमा ६ महिनाको व्याज शुन्य प्रतिशत गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै घरवहाल भाडा दरमा ५० प्रतिशतका दरले छुट दिलाउने निर्देशन घरधनीलाई दिनुपर्ने, आर्थिक वर्ष ०७६/०७७ को आयकरमा नेपाल सरकारद्धारा ५० प्रतिशत छुट प्रदान गर्नुपर्ने र नीजि क्षेत्रका उद्योग, गोदाम, होटल आवश्यक परेको खण्डमा क्वारेन्टाइन बनाउनका लागी योजना बढाउनुपर्ने संगठनको माग छ । त्यसै गरी नीजि क्षेत्रका उद्योग, गोदाम, होटल आवश्यक परेको खण्डमा क्वारेन्टाइन बनाउनका लागी नीजि क्षेत्र त्यसको लागी तयार उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।

त्यस्तै बजारमा देखिएको मेडिकलजन्य माक्स, औषधी, खाद्यान्न सामाग्रीहरु अभाव हुन नदिन आयातमा व्यवस्थापन मिलाउादै यस्तो संवेदनशील स्थितिमा कालोबजारी गर्ने व्यवसायीहरुलाई कारवाही गर्नुपर्ने तथा विभिन्न हाटबजारहरु, भिडभाड हुने क्लब, ठुला खालका गोष्ठी तथा बैठकहरु पूर्ण रुपमा बन्द गर्न निर्देशन दिई जनतालाई सचेतना फैलाउनुपर्ने संगठनले माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबारे सरकार सचेत भएको बताए । उनले संगठनको उठाएका मागहरु सम्बन्धित निकायमा पठाउने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!