बजाज पल्सर १२५ सिसि बजारमा नयााबर्ष स्किम नगद रु. १० हजार छुट सहित अन्य पुरस्कार

भैरहवा, चैत
बजाज मोटरसाइकलको नयां मोडेल बजाज पल्सर १२५ सिसि बजार मा आएको छ । बजाज मोटर साइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड क. प्रा. लिले आफ्ना डिलरहरु मार्फत देश व्यापी रुपमा बिहीवारदेखि बजाज पल्सर १२५ सिसि बजारमा बिक्री वितरण शुरु गरेको हो ।
भैरहवा क्षेत्रका लागि बजाज मोटर साइकलको आधिकारिक बिक्रेता बज अटोमोबाइल्स प्रा. लिले आफ्नो बुद्धचोक स्थित कार्यलयमा पत्रकार सम्मेलन गरि उक्त मोटर साइकलको बिक्री वितरण शुभारम्भ गरेको हो । बजाजले पल्सर मोडेलमा स्पोर्ट्स सेग्मेंट १५० सिसि , २०० र २२० सिसिहरु मात्र बजारमा उपलब्ध रहेको अबस्थामा यो बजाज पल्सर १२५ सिसि कम्युटर सेग्मेंटमा बजारमा लिएर आएको जनाएको छ ।
पल्सरको चाहना राख्ने र बजेट तथा माइलेजको कारण पल्सर स्पोर्ट्स सेग्मेंट अफोर्ड गर्न नसक्ने ग्राहकहरुको लागि अत्यन्तै प्रभावकारी हुने कम्पनिको दाबी छ ।
बजाज पल्सर १२५ सिसिको ६२ कि.मि. प्रति लिटर माइलेज रहेको कम्पनी को दाबी छ । बजाज पल्सर १२५ सिसि विभिन्न ३ कलरमा उपलब्ध रहेको र यसको हालको बजार मूल्य २ लाख २४ हजार ९ सय छ ।
यस्तै कम्पनीले नयांबर्ष २०७७ को अवसरमा विगतका वर्षहरु जस्तै बजाज मोटरसाईकल खरिद गर्ने ग्राहकहरुलाई बजाजले ल्याएको नयाा बर्ष स्किममा विन हरेक दिनको योजनामा कुनै पनि नयां बजाज बाईक किन्ने बित्तिकै नगद रु. १० हजारको पक्का नगद पुरस्कार जित्न सकिने छ ।
हरेक दिन राति ७ बजे गरिने फेसबुक लाईभ लक्की ड्र मार्फत सामसुङ्खको ५५ईन्च भिम टिभि, डवल डोर रेफ्रिजेरेटर ९ के.जी. वासिङ्गमसिन, ग्यालेक्सी एस.ट्वान्टी ग्यालेक्सी लगायतका पुरस्कारबाट ग्रहगकहरुलाई गरिने बज अटो कम्पनीका अध्यक्ष हरी बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!