३० करोडको लागतमा भैरहवामा होटल अल्ट्रा

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बुद्धचोक प्रभात पथमा ३० करोडको लगानीमा सुविधा सम्पन्न होटल संचालनमा आएको छ । यस क्षेत्रको पर्यटन व्यवसायलाई अध्ययन गरी, भैरहवा बजार वाणिज्य केन्द्र, बुद्ध जन्मस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय विमानस्थल र सिमा क्षेत्रको शहरलाई लक्षित गर्दै होटल अल्ट्रा इन्टरनेश्नल प्रा.लि. संचालनमा आएको हो । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका उपप्रमुख समेत रहेका सुर्य दुबे सहित ४ जनाको संयुक्त लगानीमा होटलले सेवा सुरु गरेको छ ।

३ वर्ष अघि पर्यटन व्यवसायमा सम्भावना देखेर एउटै परिवारको लगानीमा होटल निर्माणको थालनी गरेको हो । अहिले देशमा देखिएको आर्थिक मन्दीका बीच निराशालाई उत्साहमा बदल्ने प्रयास स्वरुप न्युनतम मुल्यमा उच्च स्तरीय सेवा सहितको सुविधा दिन होटल संचालनमा ल्याएको अल्ट्रका प्रबन्ध निर्देशक सुर्य दुवेले भने ।

पहिलोको सोच र अहिलेको बजारको परिस्थिती धेरै परिवर्तन भएको छ, ८ प्रतिशत ऋण लगानीबाट सुरु गरेको निर्माणको काम १६ प्रतिशत व्याज सम्म पुगेपनि राज्यको चासो नभएको उनले भने । पर्यटन व्यवसायको संरक्षण राज्यले चासो दिएन भने पलायन हुनुपर्ने अवस्था मुख्य समस्याको रुपमा रहेको उनले भने ।

२०५८ साल देखि होटल व्यवसायमा छु केही गर्ने भनेर भैरहवालाई रोजेर व्यवसाय बढाएको हो । कोभिडले सुरुको अवस्था जटिल भएपनि छोड्दा ठूलो क्षति भएकोले जोखिममा पनि चुनौतीका वावजुद लगानी गरेको हो , व्यवसायलाई उत्पादन र रोजगारीसँग जोडेर राज्यले संरक्षण गर्दै जानु पर्ने उनले भने ।

पार्किङ, न्युन्तम मुल्यमा गुणस्तरीय सेवा दिने हाम्रो प्रतिबद्धता सहित साढे ३ कठ्ठा क्षेत्रफलमा विभिन्न स्तरका ४० वटा रुम रहेको छ । ३ हजार देखि सुरुवात भएको रुममा स्थानीयलाई विशेष छुट सहितको सेवा खाना र पेय पदार्थमा पनि रहने होटलका महाप्रबन्धक रिजन सुवालले भने ।

‘हरेक कोठामा एसी, एटेज वाथरुम, वाईफाई, आरामदायी र अत्याधुनिक सुविधा उपलब्ध छन’, उनले भने, ‘पर्यटकको रोजाई अनुसार नेपाली, इण्डियन, चाइनिज कन्टिनेन्टल खानाका परिकार अल्ट्रामा उपलब्ध रहनेछ’,े । एकै पटकमा सय जनासम्म अट्न सक्ने रेष्टुरेण्ट, बर्थडे पार्टी, एनिभर्सरी लगायतका कार्यक्रम सेमिनार हल, क्याफे, पार्किङ्गको सुविधा रहेको छ ।

पर्यटकको लुम्बिनी बसाइँ लम्बाउनका लागि होटलले भारतीय तथा तेस्रो मुलुकको पर्यटकलाई लक्षित गरी प्याकेजको व्यवस्था गर्ने होटलले जानकारी दिएको छ । होटलको निर्माण ३ तारे होटलको मापदण्ड अनुसार भएपनि स्वीकृतको प्रक्रियामा रहेको छ । ६० जनालाई प्रत्यक्ष रोजगारसँग जोड्ने यस होटलले अबको २ महिना भित्र फुलफेजमा सेवा दिने छ । होटलले रुमको साथै खानामा पनि आफ्नो छुट्टै पहिचान देखाउन अल्ट्र ब्रेक फास्ट, थादी खाना, खाजा सेट, सुप , सलाद लगायतका परिकारहरु पस्किने छ । यसका साथै हिमाली र पहाडि भेगमा पाइने अर्गानिक बस्तुहरुको परिकार परम्परागत खानालाई पनि होटलले प्रस्तुत गर्दै लैजाने छ । एक वर्षमा होटलको सेवामा थप विस्तार गरी स्वीमिङ पुल, स्पा, क्यासिनो लगायतका क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!