निकटलाइ नियुक्त गर्न लुम्बिनीका १३ वटै अस्पताल विकास समिति खारेज

भैरहवा ।लुम्बिनी प्रदेश सरकारले अस्पताल बिकास समिती खारेज गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशभरीका अस्पताल विकास समिति खारेज गर्ने तयारी अनुसार कानुन पारित गरेको हो।पूर्ववर्ती नेकपा एमाले नेतृत्वको सरकारले जाँदाजाँदै वैशाख ३ गते नियुक्त गरेका अस्पताल विकास समितिमा आफ्ना कार्यकर्ता नियुक्ति दिन असहज भएपछि कानुनै ल्याएर विकास समिति खारेज गर्ने तयारी गरेको हो।

एमाले नेतृत्वको सरकारले नियुक्ती दिएका अध्यक्षहरु कायम रहि रहदा अस्पताल बिकास समितीहरुमा सरकारले आफु निकटस्थहरुलाई नियुक्त गर्न सम्भव नभएपछि बिकास समिती गठन आदेश नै खारेज गरेर नया कानुन ल्याएको हो।विद्यमान बिकास समिती गठन एैन खारेज नगरी पदाधिकारी हटाउद बिकास समितीका पदाधिकारीहरु अदालत जानसक्ने भएकोले सरकारले कानुन बनाएरै बिकास समिती खारेज गर्ने सुरक्षित बाटो निकालेको हो।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेले अस्पताल बिकास समिती खारेज गर्न कानून ल्याईएको स्वीकार गरे। आजको मन्त्रीपरिषद बैठकमा अस्पताल बिकास समिती खारेज गर्नेगरी कानून पास गरेका छौं अव सोही अनुसार अगाडी बढछ् पाण्डेले भने।

एमाले नेता लिला गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले गएको बैसाख ३ गतेको मन्त्रीपरिषद बैठकबाट प्रादेशिक अस्पतालहरुमा ४ वर्षका लागि अध्यक्ष र एक/एक जना सदस्य नियुक्त गरेको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!