विश्व लगानीकर्ता सप्ताह: धितोपत्र बजारमा सुरक्षित लगानी

 भैरहवा। भैरहवामा धितोपत्र बजारसम्बन्धि लगानीकर्ता शिक्षा तथा सचेतना गरिएकाे छ । सम्भवतः यस क्षेत्रमा पहिलाे पटक आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि. ब्रोकर नं. ५७ को ब्यवस्थापनमा नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको आयोजनामा साे कार्यक्रम भएकाे हाे ।  विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर धितोपत्र बजारसम्बन्धि लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम भएकाे हाे ।

आधारभूत तहका लगानीकर्ताहरुलाई धितोपत्र बजारमा सुरक्षित लगानीका लागि सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रममा नेपाल धितोपत्र बोर्डकी सहायक निर्देशक सिए नमूना जोशीले शेयर बजारसम्बन्धि आधारभूत कुराको जानकारी दिदै राम्रोसँग अध्ययन गरेर मात्र शेयर बजारमा प्रवेश गर्नुपर्ने बताईन् । लगानी र जोखिम व्यवस्थापनको आधारभूत सुरक्षा बजार सम्बन्धि प्रस्तुती दिदै उनले  सूचीकृत कम्पनीका विवरण, वित्तीय अवस्था बारे बुझ्न लगानीकर्ताहरुलाई आग्रह गरिन् ।

शेयर बजारका जानकार उपेन्द्रराज पाठकले बिगत दुई दशकदेखि आफुले दोश्रो बजारमा प्रवेश गरेको जानकारी दिदै विचार नगरी शेयर किनबेच गर्दा नोक्सान ब्यहोर्नुपर्ने बताए । बजार घटबढ हुनुलाई स्वभाविक मान्नुपर्नेमा जोड दिदै उनले नियामक निकायहरुले लगानीकर्ताहरुको सुरक्षाको लागि विशेष ख्याल गर्नुपर्ने आवश्यकता औल्याए ।

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक गुणानिधि भुसालले शेयर कारोबार गर्ने लगानी कर्ताहरुको अधिकतम हीतलाई ध्यानमा राखेर स्टक ब्रोकरहरुले काम गरिरहेको जानकारी दिए । कार्यक्रम आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि. भैरहवा शाखाका प्रमुख रेवतीरमण भट्टराईको स्वागत तथा बुटवल शाखाका प्रमुख टेकराज भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!