सिद्धार्थननगर सिटी हस्पिटल भैरहवामा ३६ जना विपन्न परिवारका सदस्यहरुको एकै पटक निशुल्क घुंडा तथा हिप प्रत्यारोपण गरिदै छ । यही असोजको १४ र १५ गते दुई दिन थाईल्याण्ड तथा सिटीका विशेषज्ञको टोलीले ३६जना विरामीको शल्यक्रिया मार्फत घुंडा तथा हिप जोर्नी प्रत्यारोपण गर्ने सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार थाईल्याण्डको श्रीराज अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरहरुको टोली र सिद्धार्थनगर सिटी हस्पिटलका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरहरुको टोलीले गत २८ जुलाई २०२३ मा लुम्बिनी निशुल्क हेल्थ स्कृनीङ्ग चेक अप क्याम्प संचालन गरेको थियो । जसको सम्पुर्ण व्यवस्थापन लुम्बिनीमा रहेको थाई विहारले गरेको थियो ।
लुम्बिनी शान्तिदिप नजिकै रहेको पिस हार्मोनी सेन्टरमा करीब ८ सय जना विरामीहरुको सो क्याम्पमा निशुल्क रुपमा औषधीवितरण समेत गरिएकोथियो । उक्त हेल्थ स्कृनीङ्गक्याम्पबाट छनोट भएका ३६ जना गरिव तथा विपन्न वर्गका विरामीहरुको निशुल्क रुपमा घुंडा तथा हिप प्रत्यारापण गरिने सिद्धार्थनगर सिटी हस्पिटलका प्रवन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए ।
फ्रतिव्यति करीव ५ देखी ६ लाख रुपयाा लाग्ने घुाडा तथा हिप प्रत्यारोपण सर्जरी सेवा श्रीराज अस्पताल थाईल्याडले निशुल्क रुपमा उपलब्ध गराउन लागेको समेत पौडेलले जानकारी दिए । विरामी भर्ना भएदेखि घर नफर्किदासम्मको सबै उपचारसेवा निशुल्क रहने उनले बताए ।
जसका लागि श्रीराज हस्पिटल थाईल्याणको हाडजोर्नी तथा नशा रोग विभागप्रमुख डा. किरांती च्यारेन्चोल्भान्चीको नेतृत्वमा १२ जना विशेषज्ञ डाक्टरहरु, फिजियोथेरापिष्ट र नर्सिङ्ग कर्मचारी सहित २५ जना मेडिकल टिम नेपाल आउदैछ ।
थाईल्याण्डको विशेषज्ञको टीम र सिद्धार्थनगर सिटी हस्पिटलका हाडजोर्नी तथा नशा रोग विभाग प्रमुख डा. जावेद अहमदखाान को नेतृत्वमा दुई दिनमा ३६जना विरामीको शल्यक्रिया मार्फत घुंडा तथा हिप प्रत्यारोपण गरिनेछ । सोको बारेमा जानकारी दिदै थाई विहार लुम्बिनीका प्रमुख शिक्षु सिभोटले थाई सरकारले देशका विकट स्थानहरुमा यस्ता निशुलक क्याप्प संचालन गर्दै आईरहेपनि विदेशमा भने नेपाल पहिलो रहेको बताए ।
“थाईल्याण्डमा हामी गौतमबुद्धलाई पिता मान्छौ, गौतमबुद्ध जन्मेको पवित्र ठाउं लुम्बिनीको संरक्षण गरेकोमा लुम्बिनीवासी प्रति कृतज्ञता व्यत गर्दै गुन तिर्नको लागि यो निशुल्क क्याम्प गरिएको हो ।” भिक्षु सिभोटले भने ।
ज्ञानले संसारको आंखा खोल्ने बुद्धको देशका नागरिकको आंखा उपचार गर्न, बुद्धले पाईला टेकेको स्थानका वासिन्दालाई हिड्न सक्ने बनाउन थाई सरकार सधै तत्पर रहेको भिक्षु सिभोटको भनाई थियो ।
सिटी हस्पतालका डाईरेक्टर डा. अमित चर्तुवेदीले सिटी हस्पिटलका सेवाहरु अन्तराष्ट्रिय स्तरका रहेको दावी गरे । उनले भने “हामीसंग अत्याधुनिक उपकरण, सेवा सुविधाका कारण नै थाई सरकारले हामीलाई विस्वास गरेको हो ।” नेपालमै पहिलो पटक २ दिनमा ३६ जनाको घुाडा तथा हिप प्रत्यारोपण गरिन लागेको उनले बताए ।
गौतम बुद्धको जन्मस्थल लुम्विनिको प्रवेश नगरी सिद्धार्थनगरमा सुविधा सम्पन्न सय वेडमा संचालित सिद्धार्थनगर सिटी हस्पिटलले विभिन्न विशेषज्ञ सेवाहरु प्रदानगरिरहेको छ । लुम्बिनी राजमार्ग देखी नजिकै रहेकोले राजमार्ग दुर्घटना लगायतका केशहरु, ट्रमा अन्तरगत हाडजोर्नी तथा न्युरो सर्जरी सेवा संचालन गर्दै आईरहेको छ । अस्पतालमा यस क्षेत्रमै पहिलो पटक अत्याधुनिक तिन वटा मोडुलर अप्रेशन थिएटर, ६४ स्लाईसको सिटी स्क्यान मेसिन, अमेरिका तथा जर्मनमा निर्मित मेसिनहरुवाट काठमाडौंका विभिन्न प्रतिष्ठित अस्पतालहरुमा कार्यरत विशेषज्ञ डाक्टरहरुले सेवाप्रदान गरिरहेका छन् ।
अस्पतालले विदेशीहरुलाई सेवादिने तथाविदेशी डाक्टर आई यहाकागरिव तथाविपन्नवर्गका विरामीहरुलाई सेवाप्रदानगरिरहेको छ ।
