भैरहवाका तीन सहकारी खारेज, सूचिकृत हुन सिद्धार्थनगरकाे आग्रह

भैरहवा । रुपन्देहीको सिद्धार्थनगरका तीन वटा सहकारी खारेज भएका छन । नगरपालिका क्षेत्र भित्र रहेका विभिन्न ३ वटा वडाका सहकारीहरु निष्कृय भएपछि सहकारी शाखाले ति संस्था खारेज गरेको हो ।

सविक डिभिजन सहकारी कार्यालय रुपन्देहीबाट हस्ताण्तरण भई लामो समय देखि सम्पर्कमा नरहेको, नियमित साधारण सभा सम्पन्न गरी वर्षिक तथा मासिक प्रतिवेदन २०७४ साल देखि नै नबुझाएको संस्था हाल संचालनमा नरहेको र संचालकहरुसँग सम्पर्क समेत नभएकोले ३५ दिने सूचना प्रकाशन गरी खारेज गरिएको सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख अधिकृत कमलकान्त खनालले जानकारी दिए ।

केही वर्ष देखि संस्था निष्किृय रहेको र शाखाले पटक पटक सम्पर्कको प्रयास गर्दा समेत सम्पर्कमा नआएकोले २०८० जेठ १ गते ३५ दिने सूचना जारी गरी सहकारी संस्था किन खारेज नगर्ने भन्ने व्यहोराको सूचना प्रकाशन भएकोमा सो अवधि भित्र संस्थासँग सम्बन्धित पदाधिकारी तथा संसथा सँगको कारोबार लिनु दिनु पर्ने दायित्व भएका कुनै पनि व्यक्ति, संस्था, निकाय सम्पर्कमा नआएकोले सिद्धार्थनगर सहकारी ऐन २०७४ को दफा ६६ (३) बमोजिम २०८० असोज ९ गतेको निर्णयअनुसार संस्था दर्ता खारेज गरिएको सहकारी शाखा अधिकृत खनालले बताए ।

सहकारी खारेज हुनेमा वर्ष २०६७/०६८ मा दर्ता भई सिद्धार्थनगर वडा नं. ९ मा अवस्थित श्री उदय कृषि सहकारी संस्था लि., वर्ष २०५९/०६० मा दर्ता भई सिद्धार्थनगर १२ अवस्थित श्री उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वर्ष २०६७/६८ मा दर्ता भई सिद्धार्थनगर १३ अवस्थित श्री योग्यता कृषि सहकारी संस्था लिमिटेड रहेको नगरपालिकाले जानकारी दिएको छ ।

यस्तै नगरपालिकाले कार्य क्षेत्रको अधारमा दुई वा दुई भन्दा बढि स्थानीय तहमा कार्यक्षेत्र भई लुम्बिनी प्रदेश सरकार वा संघीय सरकारको प्रत्यक्ष नियमन क्षेत्राधिकारमा रहने सिद्धार्थनगर क्षेत्रमा मुख्य कार्यालय, शाखा वा सेवा केन्द्र मार्फत सेवा संचालन गरेका सहकारीलाई नगरपालिकामा सूचिकृत हुन अनुरोध गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडेलले सिद्धार्थनगर नगरपालिकाको आर्थिक ऐन २०८० को दफा २२ बमोजिम असोज मसान्त भित्र सूचिकृत हुन सूचना जारी गरेको बताए ।

सिद्धार्थनगर सहकारी शाखाका अनुसार यस क्षेत्रमा २८ वटा सहाकरी सिद्धार्थनगर नगरपालिकाको नियमनमा संचालित रहेको छ भने करिब २० वटा सहकारीले यो क्षेत्रमा कारोबार गरेपनि नगरपालिकामा सूचिकृत भएका छैनन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!