सिद्धार्थनगर सिटी हस्पिटलमा न्युरो सर्जरी सेवा शुभारम्भ 

भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा न्युरो सर्जरी उपचार सुरु भएको छ । आइतबार अस्पतालले पत्रकार सम्मेलन गरी साउन १५ गतेदेखि नसा रोग सम्बन्धी सम्पूर्ण उपचार सेवा सुरु गरिएको जनाएको हो ।
पछिल्लो समय आफ्ना सेवाहरुलाई विशिष्टीकृत गर्दै लगेको सिटीले लामो समय अनुभव संगालेका न्युरो सर्जन डा.नरेन्द्रप्रसाद बास्कोटाबाट न्युरो सर्जरी सेवाको सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए ।
उनका अनुसार नर्भिक, नेपाली सेना र मेडिकल कलेज नेपालगंज जस्ता अस्पतालहरुमा काम गरेर अनुभव संगालेका एम.सी.एच न्युरो सर्जन डा.बास्कोटाले नसा सम्बन्धी रोगको चौबीसै घण्टा सेवा प्रदान गर्नेछन । घुंडा र हिप प्रत्यारोपण समेत अस्पतालमै गरिनेछ ।
सडक दुर्घटना वा अन्य कारणले टाउकोमा कुनै पनि खालको चोटहरु र रगत जमेका बिरामी, टाउको तथा मेरुदण्डमा ट्युमर भएका विरामी, मस्तिष्क घात भएमा रगतको नसा फुटेर वा नसामा रगत जमेर विरामीहरुको शल्यक्रिया गर्नुपरेमा अस्पतालमै सुविधा प्राप्त हुनेछ ।
यस्तै मेरुदण्डमा चोटपटक लागेका , नसा च्यापिएका बिरामी, टाउको दुखिरहने, वान्ता हुने गरेमा, प्यारालाइसिस भएका अथवा प्यारालाइसिसका लक्षणहरु देखिएका बिरामी जस्तैः अकस्मात आाखा, कान कमजोर हुने, बोली लरबराउने, मुख बाङ्गिने, वेहोस हुने, मिर्गी, चरिफाइ, छारे रोग, दौरा हुने बिरामी, हात गोडा झमझमाउने पोल्ने लगायतका विरामीको उपचार गर्नेछन् ।
भैरहवास्थित एयरपोर्टरोडमा रहेको उक्त अस्पताल २०६८ भदौं महिनामा १५ शैयाबाट स्वीकृति लिई सेवा सुभारम्भ गरेको थियो । अस्पताल अहिले १ सय शैयामा स्तर वृद्धि हुदै आफ्नै भवनमा सेवा संचालन गर्दै आएको छ । अन्य विशष्टिकृत सेवा दिदै आएकामा अहिले न्युरो सर्जरी सेवा पनि सुरु गरेको र यसले यस क्षेत्रमा सहजता ल्याएको अस्पतालका प्रबन्ध निर्देशक पौडेलले बताए ।
अस्पतालले महिला तथा प्रसूति सेवा, नाककान घांटी, मृगौला रोग विशेषज्ञ सेवा, लगायत सबै प्रकारका विशेषज्ञ सेवा कम शुल्कमा प्रदान गर्दै आईरहेको अस्पतालका बरिस्ठ अर्थोपेडिक सर्जन डाजावेद खानले बताए । यस्तै अस्पतालले ६४ सलाइस सिटी स्क्यान, डिजिटल एक्सरे र भिडियो एक्सरे सेवा उपल्ब्ध गराउदै आएको छ । अस्पतालमा अत्याधुनिक मोडुलर ओटी, मोडलर आईसीयु, एनआईसीयू सेवा पनि सफल र सहजरुपमा प्रदान गरिरहेको अस्पतालका अध्यक्ष बरिष्ठ नेफ्रोलोजिस्ट डा.सुबोध कुमार पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!