रुपन्देहीको दक्षिणी भेग विकास, शिक्षा, स्वास्थ्य, चेतना हरेक प्रकारले उत्तरी भेग भन्दा पछि पर्यो भन्ने विषय यहांका विभिन्न फोरममा उठ्ने गरेको छ । यहांको शिक्षाको विषयमा फनि धेरैले चिन्ता व्यत गर्ने गरेको छन् । तर शिक्षाको गुणस्तर बढाउन र यहांका विद्यार्थीहरुलाई भैरहवा क्षेत्रमै रोक्नका लागि भने खास पहल भएको पाईदैन । साना कक्षामा भैरहवामै अध्ययन गरेका आफ्ना छोराछोरीलाई कक्षा नौं,दश वा उच्च शिक्षाका लागि अन्यत्र पठाउने चलन चल्दै आएको छ । यहांको विकासका नारा लगाउने केही सामाजिक अगुवाहरुले नै आफ्नो क्षेत्रको शिक्षाको गुणस्तरप्रति अविश्वास गरेको देखिन्छ । त्यसो त प्रि नर्सरीदेखि उच्च शिक्षासम्म भैरहवामा अध्ययन गरेका धेरै विद्यार्थीहरु अहिले देश विदेशमा आफुलाई अब्बल सावित गरेका उदाहरणपनि धेरै छन् । तर पनि अभिभावक तथा विद्यार्थीलाई उचित परामर्श नपुग्दा विद्यार्थीहरु अहिले पनि बाहिरीएकै छन् । यस्तो अवस्थामा भैरहवा क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि सामुहिक पहल कदमीका लागि लुम्बिनी प्रेस क्लब र नीजि तथा संस्थागत विद्यालय अर्जनाईजेशन (प्याब्सन) सिद्धार्थनगरका बीचमा समजदारी भएको छ ।
जस अनुसार प्याब्सन सिद्धार्थनगरले लुम्बिनी प्रेस क्लबमा आवद्ध पत्रकारका छोराछोरीहरुलाई निःशुल्क रुपमा पढाउने छ । प्याब्सन सिद्धार्थनगर र लुम्बिनी प्रेस क्लब बीच शुक्रबार यस विषयमा सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।
प्याब्सन सिद्धार्थनगर अध्यक्ष गोकुल पोखरेलले नगरमा प्याब्सनमा रहेका एक विद्यालयमा क्लबका सदस्यको एक छोरा वा छोरीलाई भर्ना शुल्कको साथै मासिक शुल्कमा सत प्रतिशत छुट दिने जानकारी दिए । उनका अनुसार यो सुविधा क्लबमा आवद्ध रहेका सदस्यहरुका छोराछोरीको लागि मात्र रहेको जनाए । भैरहवा क्षेत्रमा शिक्षा क्षेत्रको विकासको लागि एवम् संस्थागत उत्तरदायित्व अन्तरगत यस्तो समझदारी भएको पोखरेलले बताए । लुम्बिनी प्रेस क्लब र प्याब्सनको यो समझदारीले क्लबलाई माक्र यस क्षेत्रको शिक्षाको विकास हुने आशा व्यत गरे । यो सम्झौता यसै शैक्षिक सत्रदेखि माध्यमिक तहसम्मका लागि लागु हुनेछ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले प्याब्सनको यो निर्णयले पत्रकाहरुको आर्थिक बोझ केही हदसम्म भएपनि कम गर्ने बताईन । तत्कालको लागि भैरहवाको लागि मात्र भए पनि क्लबमा आवद्ध अन्य क्षेत्रका पत्रकारका लागि पनि यो सुविधा थपिदै जाने उनले बताईन । क्लबले प्याब्सनसंग सम्झौता गरे पनि समाचारको लागि भने कुनै सम्झौता नगर्ने बताईन । उनले पत्रकारको काम भनेकै सूचना दिने रहेको कारण यस क्षेत्रका विद्यालयहरुको सकारात्मक कामलाई सहयोग गर्ने र कमिकमजोरीलाई औल्याईदिने प्रतिवद्धता जनाईन । 
प्याब्सन केन्द्रिय उपाध्यक्ष बिष्णु पन्थीले प्याब्सन सिद्धार्थनगरले एक सकारात्मक सुरुवात गरेको भन्दै यसले प्याब्सन केन्द्रलाई समेत झमझकाएको बताए । क्लबसंगको सहकार्यमा शिक्षा सम्बन्धी बहस संचलन गर्ने समेत बताए ।
शुक्रबार भैरहवामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रेस क्लबका संस्थाफक अध्यक्ष माधव ढुङ्गानाले यस क्षेक्रको शिक्षाको गुणस्तरका लागि समय समयमा अन्तत्रियात्मक कार्यक्रमको आवश्यकता रहेको जनाए । कार्यत्रममा क्लबका पूर्व अध्यक्ष दिपेश पछाई, प्याब्सन लुम्बिनी प्रदेश सह कोषाध्यक्ष महेश भुर्तेल, प्याब्सन सिद्धार्थनगर सचिव राजेन्ऽ घिमिरे, क्लबका पदाधिकारी, सदस्य लगायतको सहभागीता रहेको थियो ।
