भैरहवा । फ्युचरलाइट इङ्ग्लिस हाइ स्कुलले रजत जयन्ती मनाएको छ । रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ८ मा रहेको फ्युचर लाइट इंग्लिश हाइस्कुलले रजत जयन्ती मनाएको हो । विद्यालयले ६ गते र ७ गते गरी विभिन्न कार्यक्रम गरी विद्यालय स्थापना भएको २५ वर्ष मनाएको छ । विद्यालय स्थापना भएको २८ वर्ष भएतापनि विभिन्न कारणबश आफ्नो २५ औं वर्ष मनाउन नसकेको र यस वर्ष पच्चीसौँ वर्ष मनाएको विद्यालयको प्रधानाध्यापक गम्भीर गुरुङले बताए ।
गुरुङले यस विद्यालय स्थापना गर्दा निकै कठिनाइ र समस्या झेल्दै सानो भवनबाट सुरु गरेको विद्यालय आज यस स्तरमा पु¥याउन आफ्ना सम्पूर्ण परिवार दाजुभाइ र यस विद्यालयका विद्यार्थीहरूका अभिभावक र निरन्तर खटिने शिक्षक शिक्षिकाको योगदान अतुलनीय रहेको बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कोरियन भिक्षु जङ उ वनरो बोधि सातवाले यस विद्यालयमा पढ्ने विद्यार्थीहरू मध्य कोरिया गई पढ्न इच्छुक विद्यार्थीहरूका लागि का लागि कोरियामा छात्रवृत्ति प्रदान गर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा समन्वय इकाई रूपन्देहीका प्रमुख माधव बन्जाडेले अहिलेको समयमा विद्यार्थीहरूलाई किताबी ज्ञान सँगसँगै व्यवहारिक ज्ञानमा जोड दिन सके मात्र विद्यार्थीहरूको सर्वाङ्गीण विकास हुने बताए ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम सँगसँगै ७० वर्ष नागेका वृद्धवृद्धाहरू ५० जनालाई सम्मान, शिक्षकहरूलाई सम्मान ,भूपू विद्यार्थीहरूलाई सम्मान गरिएको थियो थियो भने विद्यार्थीहरूले विज्ञान प्रदर्शनी गरेका थिए ।
उक्त कार्यक्रममा कक्षा नौकी छात्रा मन्सु खड्काले कोरियन भाषामा मन्तव्य राखेकी थिइन् भने कक्षा ८ की सन्ध्या सुनारले अंग्रेजी भाषामा मन्तव्य राखेकी थिइन् ।
रजत जयन्ती कार्यक्रममा विद्यार्थी अभिभावक शिक्षक शिक्षिका लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।
