पक्लिहवा माध्यमिक विद्यालयमा पंखा हस्तान्तरण

रुपन्देहीको सिद्धार्थनगर वसोवास गरी हाल युकेमा रहेका यहांका वासिन्दाहरुको संस्था ‘भैरहवा सिद्धार्थ परिवार, यु.के.’ ले पक्लिहवा माध्यमिक विद्यालयलाई पंखा हस्तान्तरण गरेकोको छ ।
परिवारले सिद्धार्थनगर १ मा रहेको पुरानो विद्यालय पक्लिहवा माविलाई २० थान पंखा प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गले जानकारी दिएसमितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको अध्यक्षता एवम् संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खााको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सिद्धार्थनगर निवासी तर हाल युके बसोवास गर्ने भैरहवावासीहरुले समाजसेवी शर्मिला हिराचनको नेतृत्वमा संकलन गरेको सहयोग राशी करीब पचास हजार रकम बराबर बीस थान पंखा हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा पंखा हस्तान्तरण गर्दै प्रमुख अतिथि इस्तियाक अहमद खााले विद्यालयमा पढ्न आउने बालबालिका निम्न आय भएका अधिकांश ग्रामीण क्षेक्रका विद्यार्थीहरुलाई सुविधायुत्त वातावरणमा शिक्षण सिकाई सहज गराउने नगरको भावि कार्ययोजना समेत रहेको धारणा गरे । सोही कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङ्गले सामुदायिक विद्यालयहरुमा आम्दानीको अन्य स्रोतहरु नरहेको र सरकारबाट बजेटको नाउामा मासिक रुपमा कार्यरत शिक्षकहरुलाई तलब सुविधा मात्र आउने हुादा दैनिक कार्यालय सञ्चालन, मरम्मत एवम् अन्य व्यवस्थापनका लागि कठिन भएको बताए । विद्यालय सहज सञ्चालन गर्न नियमित ठोस स्रोतका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण हुनु पर्ने शिक्षक देवी प्रसाद न्यौपानेले बताए ।
विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको स्वागत र शिक्षिका गीता पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला समाजसेवी तथा शिक्षाप्रेमी रुपमा हिराचन, युवा समाजसेवी ओम कुमार श्रेष्ठ लगायतले शुझकामना व्यक्त गरे । कार्यत्रममा सिद्धार्थनगर वार्ड नं.१ का पूर्व वडाध्यक्ष रमेश मल्ल, वार्ड नं.६ का वडा सदस्य अनिल कुमार के.सी., युवा समाजसेवी लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार याम बहादुर थापा, सदस्य सीतादेवी राजभर, सदस्य सलुजा विश्वसेन्चुरी, समाजसेवी विनोद राना, बहिरा बाल विद्यालयका प्रधानाध्यापक भिम बहादुर थापा, विनोद कुमार लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!