नेपाली विद्यार्थीको लागि देहरादुनमा भर्ना अभियान

भैरहवा ।
देहरादुनको द इन्डियन पब्लिक स्कुलले नेपाली विद्यार्थीलाई लक्षित गर्दै भर्ना अभियान सुरु गरेको छ ।

भारतिय केन्द्रिय माध्यमिक शिक्षा बोर्ड(सिबीएसई)बाट सम्बन्धन प्राप्त स्कुलले कक्षा ४ देखि १२ सम्म भर्ना खुलेको जानकारी भैरहवामा पत्रकार सम्मेलन मार्फत दिएका छन । सन २००१ मा स्थापना भएको वोर्डिङ विद्यालय ८० एकड क्षेत्रफलमा अवस्थित छ ।

होस्टल, अडिटोरियम हल, विद्यालय र सम्पुर्ण कर्मचारी आवास सहितको व्यवस्था स्कुल परिसरमै रहेको छ । विज्ञान, व्यवस्वस्थापन, मानविकी लगायतको सबै संकायमा अध्यापन गराउदै आएको स्मुलले नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दे प्राप्ताङको आधारमा विशेष छुटको व्यवस्था गरेको विद्यालयको सहप्रचार्य चन्द्रशेखर त्यागीले जानकारी दिए ।

विद्यालयमा आवसीय गुरुकुल शिक्षा प्रणली र आधुनिक शिक्षा प्रणली बीचको समजसय कायम गर्दै शिक्षाा प्रदान गर्ने माध्यम रहेको बताए । गुणस्तरीय शिक्षा र प्रयोगात्मक शिक्षालाई प्रभावकारी रुपमा दिने गरि विगत २७ वर्ष देखि कार्यरत अनुभवी प्राचार्यको नेर्ततवमा देशभरीका विज्ञ स्तरीय शिक्षकहरुद्वरा शिक्षा दिदै आएको उनले भने ।

नेपाल र भारतको समबन्ध वर्षौ देखि रहेकोले शिक्षामा पनि धेरै समानता रहेको छ । शिक्षाको माध्यमबाट पनि दुर्यदेशको सम्बन्ध अझै प्रगाढ बनाउने उद्देश्यका साथ शान्त र स्वच्छ वातावरणमा पठनपाठन हुने स्कुलका हाउस मास्टर मनोज सिंहले बताए । उनले नेपालका दर्जनबढि विद्यार्थी हाल विद्यालयमा अध्ययनरत रहेको र धेरै विद्यार्थीहरु त्याहा पढेर नेपाल आई उच्च शिक्षा लिई विभिन्न सेवामा रहेका छन ।

५ सय जनाको क्षमता रहेको विद्यालयमा हाल २ सय १५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । विद्यालय परिसरमा ५ सय जना बस्न मिल्ने ४ वटा होस्टल, भोजनालय, प्रशासनिक र शैक्षिक भवन, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, योगास्थल, नृत्य, संगीत, स्वीमिङ पुल, लगायतका सबै प्रकारको खेलका प्रशिक्षक सहितको व्यवस्थापन गरिएको स्कुलले जनाएको छ ।

शैधान्तिक शिक्षा सँगै अतिरिक्त क्रियकलापमा पनि स्कुलले विशेष जोड दिदै आएको छ । प्रत्येक वर्ष प्रतिस्पर्धात्मक खेलहरु आयोजना गर्दे आएको स्कुलले राष्ट्र स्तरका खेलाडी उत्पादनमा पनि भूमिका खेलेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!