“पक्लिहवा मा.वि.मा निःशुल्क स्कुल पोशाक वितरण”

भैरहवा, पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा ‘निःशुल्क स्कुल ड्रेस वितरण कार्यक्रम’ सम्पन्न भएको छ ।
पक्लिहवा मा.वि. व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको अध्यक्षता तथा समाजसेवी युवा व्यवसायी श्रृजना बनियााको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा अतिथि बनियााले आफ्नो जन्मदिनको सुअवसरमा विद्यालयमा अध्ययन गर्ने बालविकास देखि कक्षा ८ सम्मका विपन्न तथा जेहेन्दार ५१ जना विद्यार्थीहरुलाई करीब चालिस हजार बराबरको सर्ट र पेण्ट गरि एक–एक सेट स्कुल ड्रेस (विद्यालय पोशाक) वितरण गरेका थिए ।
कार्यक्रममा समाजसेवी बनियााले आफ्नो जन्मदिनको अवसरमा केही भएपनि शुभ कार्य गर्न पाउंदा आफुलाई आनन्द, हर्षित तुल्याएको र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरिन् ।
व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गले जन्मदिनको पार्टी महंगो होटल–रेष्ट्ररेन्टमा फजुल खर्च गरेर मनाउने परम्परालाई त्याग्दै हाम्रो समाज यस्तै प्रकारले विपन्न तथा असहायको सहयोगमा खर्च गर्दा समग्र समाजलाई सुमार्गमा डोराउन टेवा पुग्ने धारणा राखे ।
विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको स्वागत र शिक्षक देवी प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार याम बहादुर थापा, सदस्य सलुजा विश्वसेन्चुरी, शिक्षक–शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!