प्याब्सन सिद्धार्थनगर लोक नृत्य प्रतियोगितामा हेभेन्ली गार्डेन प्रथम

भैरहवा, 
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा शुक्रबार भैरहवामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । लोक संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले बताए । प्रतियोगितामा २२ वटा प्रतियोगिताको सहभागीता रहेको पोखरेलले जानकारी दिए ।

प्रतियोगितामा हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रथम, युरो किड्स द्वितीय, आदर्श विद्या मन्दिर तृतीय तथा आर्य पब्लिक स्कूल र न्यू इरा इङलिस बोर्डिङ स्कूल सान्त्वना भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले यस्ता कार्यक्रमले लोक संस्कृतिको संरक्षणमा टेवा पुग्ने बताइन् । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । नगर उपप्रमुख अधिकारीले भनिन्, ‘हाम्रो देशको संस्कृति, रीतिरिवाज एकदमै राम्रो छ ।’

त्यस्तै प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले प्याब्सनले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको बताए । उनले प्रतियोगिताले लोक संस्कृतिको जर्गेनामा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम संयोजक प्रतिष्ठा चालिसेको स्वागत तथा प्याब्सन सिद्धार्थनगरका सचिव राजेन्द्र घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा निर्णायको भूमिकामा अन्जु रजक र पुनम थापा रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!