भैरहवा, भास्करानन्द माया शर्मा शिक्षा पत्रकारिता पुरस्कार–२०८० बाट लुम्बिनी प्रेस क्लबका निर्वमान अध्यक्ष नरेश केशी सम्मानित भएका छन् ।
लामो समय शिक्षा क्षेत्रमा सेवारत शिक्षा विद भास्करानन्द शर्माले पत्नी स्व.माया शर्माको नाममा स्थापना गरेको भाष्करानन्द माया शर्मा अक्षयकोष स्थापना गरी प्रत्यक वर्ष जेहेन्दार विद्यार्थी, पत्रकार तथा समाजसेवीलाई सम्मान गर्दै आएका छन् । सोही अवसरमा यस वर्षको पत्रकारिता पुरस्कार पत्रकार केशीलाई प्रदान गरिएको हो । एक दशक बढी समयदेखि पत्रकारिता गर्दै आएका केसीलाई नगद रु. १० हजार र सम्मानपत्र सहित उक्त पुरस्कार प्रदान गरिएको हो । केसी समता टेलिभिजन, राष्ट्रिय समाचार समिति (रासस) लगायत सञ्चार माध्यममा आबद्ध छन् ।
कोषले विभिन्न सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गरिएको हो । शनिबार भैरहवामा आयोजित कार्यक्रममा नगर क्षेत्रमा रहेका विभिन्न सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रावृत्तिवापत नगद रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।
छात्रवृत्ति गरिब तथा विपन्न परिवारका विद्यार्थी, जेहेन्दार र सामुदायिक विद्यालयमा उत्कृष्ट हुनेलाई फ्रदान गरिदै आएको छ ।
कार्यक्रममा बोल्ने वत्ताले अक्षयकोषमार्फत् छात्रावृत्ति पाउंदा विद्यार्थीहरुलाई अध्ययनमा टेवा पुगेको जनाए । उनीहरुले शिक्षा क्षेत्रमा गरेको लगानी खेर नजाने जनाउादै अक्षयकोषले विद्यार्थीहरुलाई थप हौसला मिलेको उल्लेख गरे । अक्षयकोषका संस्थापक शर्माले विद्यार्थीलाई छात्रवृत्ति र पत्रकारलाई सम्मान गर्न पाउादा हर्षित भएको सुनाए ।
