सियारीको छपियाचोकमा अस्थायी प्रहरी पोस्ट, शान्ति सुरक्षा थप मजबुत हुने भन्दै स्थानीय खुशी

भैरहवा । मधेश आन्दोलनका समयमा बन्द भएको रुपन्देहीको सियारी–४ छपिया बजारचोकमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बढ्दो बजारीकरण, बैंक तथा वित्तीय संस्थाहरुको गाउंप्रतिको आर्कषणसंगै शान्ति सुरक्षा थप बलियो बनाउन र नागरिकलाई २४ सै घण्टा नजिकबाट प्रहरी सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्थायी प्रहरी पोष्टलाई पुनः सुचारु ग्रिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विकले जानकारी दिए । उनका अनुसार पोष्टबाट जुनियर प्रहरी अधिकृतको कमाण्डमा २४ सै घण्टा सेवा प्रदान गरिने छ ।

अस्थायी प्रहरी पोष्टको शुक्रबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उमेशराज जोशीले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले प्राय सानातिना चौकीको उद्घाटनमा माथिल्लो तहका प्रहरी अधिकृतहरु उपस्थित हुने प्रचलन नरहेपनि आफु नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले जुनियर प्रहरीहरुको मनोबल बढाउन र हौसला प्रदान गर्न यस्ता कार्यक्रममा उपस्थित हुने गरेको स्पष्ट पारे ।

“ नागरिकको सबैभन्दा भरोसायोग्य निकाय भनेकै प्रहरी हो, त्यसैले प्रहरीकोमा आउने जोकोही व्यतिm भएपनि मिठो बोलीले स्वागत गर्नुपर्छ उनले भने । ” व्यतिm पीडामा परेपछि मात्रै प्रहरी र डाक्टरसंग जाने हुंदा पहिलो उपचार नै नम्र व्यवहार गर्न मातहतका प्रहरीहरुलाई डिआईजि जोशीले अनुरोध गरे ।

उनले जनसंख्या बढ्दै जांदा चहल पहल र आर्थिक क्रियकलाप बढ्दै गएकोले स्थानीय सरकारको रुपमा सियारी गाँउपालिका र सुरक्षा समितिको आवश्यकता अनुसार अस्थायी प्रहरी पोष्टलाई सुरक्षाका दृष्टिले संवेदनशील भएकाले अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको बताए ।

आवश्यकताको आधारमा यसलाई चौकी र इलाका प्रहरी कार्यालयको रुपमा विकास गर्न सकिने उनको भनाई छ । हरेक व्यतिmमा अपराधिक मानसिकता आउने भन्दै यसको नियन्त्रण गर्ने यन्त्र भनेको सामाजिक प्रतिष्ठा, शिक्षा, सचेतना आदि भएको उनले बताए । प्रहरीले एक्लै अपराध नियन्त्रण गर्न कठिन हुने हुंदा सही सुचना उचित समयमा दिएर अपराध हुनबाट समाजलाई जोगाउनु नागरिकको पनि दायित्व भएको भन्दै प्रहरी सधै नागरिकको जिउ ज्यानको सुरक्षामा प्रतिबद्ध रहेको डिआईजी जोशीले बताए ।

स्थानीयले प्रहरीलाई सूचना दिएर समाजमा हुन सक्ने अपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसंगती सबै न्यूनिकरण र नियन्त्रण गर्न सकिने बताए । साथै, प्रदेश प्रहरी कार्यालयले प्रदेशका ३ वटा जिल्ला दाङ, रुपन्देही र बाकेमा डिजिटल प्रणलीबाट जरिवाना असुल गर्ने प्रणालीको विकास गरेको छ भने पूर्व पश्चिम राजमार्गको विभिन्न ठाँउमा भएको चेक प्वाइन्ट र अनावश्यक चेकजाँचलाई हटाई सिमित र आवश्यकता अनुसारको चेकजाँचले सडकमा प्रहरी कम भए पनि राजश्व बढेको बताए ।

बढ्दो अपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरेकोमा धन्यवाद दिदै स्थानीयले अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि धेरै खुसी भएको प्रतिक्रिया दिए । प्रहरी पोस्ट नभएका कारण विभिन्न घटना घट्ने तथा शान्ति सुरक्षाका लागि निकै समस्या हुने गरेको थियो । पोस्टको स्थापना पछि हामीसँग पनि प्रहरीको साथ छ, हाम्रो सुरक्षाका निम्ति प्रहरी २४ घण्टा खटिने भएकोले यस क्षेत्रमा चोरीका घटना मात्र होइन महिला हिंसा लगायतका अपराधिक क्रियाकलापले प्रसय नपाउने उनीहरुले सुनाए । यसले शान्ति सुरक्षा अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धानमा समेत थप मद्दत पुग्ने र हामीहरु प्रहरी सेवा लिन इलाका प्रहरी कार्यालय समेत जान नपर्ने बताए । चौकी स्थापनासंगै बढ्दो चोरी, लुटपाट तथा लागु औषध दुव्र्यसनको घटना न्युनिकरण हुने आसामा स्थानीबासी खुशी भएका छन् ।

हालै स्थापना गरिएको पोस्टबाट प्रहरीले दत्तचित्त भएर निष्पक्षरूपमा नागरिकको शान्ति सुरक्षाको क्षेत्रमा काम गर्ने अपेक्षा लिएको सियारी गाँउपालिका अध्यक्ष थानेश्वर घिमिरेले भने । अब छपिया चोकमा शान्ति सुरक्षा अमनचैनमा प्रहरी पोस्टले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको र नागरिकबाट पनि प्रहरीलाई सदैव पूर्ण सहयोग हुने बताए ।

सो अवसरमा बोल्दै सहायक जिल्ला धिकारी ध्रुब बहादुर कुवँर, लुम्बिनी प्रेस क्बलकी अध्यक्ष समझना शर्मा, वडाध्यक्ष श्रीराम यादव लगायतले स्थानीय बासीको माग, शान्ति सुरक्षा, जीउधनको रक्षाका लागि गाँउपालिकाको सक्रियतामा प्रहरी चेक पोस्ट स्थापना भएकोले छपिया चोक अब व्यवस्थित हुदै सुशासन कायम हुने बताए । स्थापना भएको अस्थायी प्रहरी पोस्टमा जुनियर प्रहरी अधिकृतको नेतृत्वमा २४ घण्टा नै प्रहरी सेवा दिइने छ । सियारी गाउंपालिका वडानम्बर ४ स्थित छपियाचोक भैरहवा,बुटवल, कपिलवस्तु लगायतका सडकहरुसंग प्रत्यक्ष जोडिएकोले यहांबाट लागुऔषध ओसार पसार, अबैध चोरी पैठारी लगायतका सम्भावित अपराधिक गतिविधि नियन्त्रण हुनेमा स्थानीयले भरोसा राखेका छन् । कार्यक्रमको संचालन प्रहरी निरीक्षक तारा बहादुर छहारी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!