अन्तर्राष्ट्रिय योग दिवसः याेगमा गौतमबुद्धको पनि योग्दान

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति र सदभावका लागि योग कार्यक्रम गरिएकाे छ । भारतीय राजदूताबास, लुम्बिनी विकास कोष, पतञ्जली नेपाल लगायतको आयोजनामा लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस २०२३ मनाइएकाे हाे । योग कार्यक्रममा समबोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले भारतीय उपमहादीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासंग जोडिएको बताउँदै अहिले विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको बताए । महर्षी पतन्जलीले वैज्ञानिक रुपमा सूत्रबद्ध गरे पनि योग सुत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेको स्मरण गर्दै गौतमबुद्धको नाम अग्रपंक्तिमा आउने बताए । योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्य लाभसँग मात्र होइन मानवलाई योगले विश्व ब्रह्माण्डसँग र मानव कल्याणको साझा ज्ञानसँग जोडने बताए ।

भारतबाट योगको इतिहास सुरु भएपनि नेपालको पनि योग्दान रहेको छ । महर्षी पतंजलीले वैज्ञानिक रुपमा सूत्रबद्ध गरे पनि योग सुत्र निण गर्नमा गौतमबुद्धको पनि योगदान छ । योगलाई शारिरीक मानसिक र स्वास्थ्यलाई मात्रै होइन धर्मसँग पनि जोडेर हेरिन्छ , योगले विश्व ब्रह्माण्डसँग र मानव कल्याणको साझा रहेको उनले भने ।  ४७ सय वर्ष पहिला सिन्धुघाँटी सभ्यतार नदी किनारबाट सुरु भएको योग आज विश्वव्यापी रुपमा लोकप्रिय हुदै गएको छ । मन्त्री  किरातीले नेपाल आउने महेन्द्रनगरको हवाई रुट र भैरहवा विमानस्थलमा जडित आइएलएस प्रणाली संचालनको कुरा सकारात्मक रुपमा अगाडि बढेको बताएका छन ।

२३ सय वर्ष अगाडि देखि नेपाल भारतको सम्बन्ध प्रगाढ रुपमा रहेको थियो, कौटिल्य शास्त्रमा आधरित रहेर कुरा गर्दा पनि नेपालको उन, छाला र जडविुटी निर्यात हुदै आएको थियो । पछिल्लो समयमा नेपाल सरकारको प्रधानमन्त्रीको भ्रमणले ऐतिहासिक सम्बन्धलाई पुनः स्थापित गरेको छ । यो सम्बन्धलाई अझ प्रगाढ गराउन एक आपसमा ‘नेपाल राम विना अपूर्ण भएजस्तै भारत सिता विना अपूर्ण हुन्छ’ । यसैले यो सम्बन्धलाई माथी उठाउनुको निम्ति महामहिम र हामी विच कुरा भइरहेको बताउदै प्रधानमन्त्रीको तहबाट पनि भारत सरकारसँग कुरा हुदै आएको छ ।

सो अवसरमा बोल्दै भारतीय राजदूत नविन श्रीवास्तवले संयुक्त राष्ट्रसंघको घोसणा पछि सन २०१५ देखि हरेक वर्ष २१ जुनमा अन्तराष्ट्रिय योगा दिवस मनाइदै आएको बताए । योगले नेपाल भारतलाई जोडेको बताउदै विश्वभरि योगको अनुसरण भइरहेको छ । न्युओर्कमा पनि २१ जुनमा यो वर्ष भारतिय प्रधानमन्त्री सहितको आयोजनामा अन्तराष्ट्रिय रुपमा मनाउन लागिएको उनले जानकारी दिए ।

यसले योग नेपाल भारतमा मात्रै नभई विश्वमा पनि प्रचलित रहेको देखाएको छ । भगवान बुद्धको जन्मभूमिमा योग दिवस मनाउन पाउदा खुशी लागेको बताउदै यसले भारत र नेपालको सम्बन्धलाई जोडेको बताउदै हरेक वर्ष लुम्बिनी २० वा २१ जुनमा योग दिवस मनाउने बताए । उनले एयररुटको विषयमा छलफल भएको छ, सकारात्मक वातावरण बनेको बताउदै नतिजा पनि सकारात्मक आउनेमा आफु प्रतिबद्ध रहेको जनाए ।

योग कार्यक्रममा पंतजली योग पिठ नेपालका प्रशिक्षक कृष्ण मुरारी ज्ञवाली र नरुपती पाण्डेयले योगाभ्यास गराएका थिए । उनले प्रदेश तथा संघीय सरकारलाई ठूला ठूला अस्पताल बनाउने सोच भन्दा मानवलाई निरोगी कसरी बनाउने तर्फ नितिगत रुपमा चिन्तन गर्न आग्रह गरे ।

बुद्ध जन्मस्थलमा शान्ति र सदभावका लागि योग अभ्यास गराइएको, यसले लुम्बिनीको प्रचार प्रसारमा समेत योगदान गर्ने कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राइले बताए । अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतीय राजदूत नविन श्रीवास्तव, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमान, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, विकास कोषका बोर्ड सदस्य, पतंजली र स्थानीय संघसंस्थाहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!