आगामी मङ्सिर १४ को उपनिर्वाचन: आज मनोनयनपत्र दर्ता हुँदै, बिहान १० देखि दिउँसो १ बजेसम्म

आज मनोनयनपत्र दर्ता हुँदै

  • आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि बुधबार मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

    स्थानीय तह सदस्य उपनिर्वाचनका लागि मुख्य र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित स्थानीय तहको केन्द्रमा यही कात्तिक २० गते स्थापना भइसकेको छ । स्थानीय तहका वडाध्यक्ष पदको उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्नेछ ।

    अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख पदका उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा हुनुपर्नेछ ।

    कुनै राजनीतिक दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा मनोनयन दर्ता गर्दा सो दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्र, प्रस्तावक र समर्थकको नाम, सम्बन्धित स्थानीय तह र वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।

    स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुखका लागि एक हजार पाँच सय र वडाध्यक्षका लागि एक हजार रुपैयाँ धरौटी तोकिएको छ ।

    उपमहानगरपालिकाको प्रमुखका लागि पाँच लाख ५० हजार, वडाध्यक्षका लागि दुई लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षका लागि दुई लाख, गाउँपालिको अध्यक्ष र उपाध्यक्षका लागि तीन लाख ५० हजार र वडाध्यक्षका लागि एक लाख ५० हजार प्रचारप्रसारको खर्च सीमा निर्धारण गरिएको छ । स्थानीय तहको पदाधिकारीको निर्वाचन प्रचारप्रसारका लागि १० दिनको समय तोकिएको छ ।

    स्थानीय तहको एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट

    हाम्रो बारेमा

    प्रधान सम्पादकः सम्झना शर्मा
    सम्पादकः ई सुवोध भट्टराई
    सम्वादाताः शुष्मा खनाल

    सम्वादाताः महेश गुप्ता
    आई.टि.:  माेहम्म्द हबिब

     

     

    सम्पर्क

    एल. स्टार मिडिया प्रा.ली.
    सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
    फोन: ९८५७०२४६७४
    ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

    error: Content is protected !!