नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने

भैरहवा । रुपन्देही जिल्ला अनुगमन समितिले रुपन्देहीका विभिन्न घाटबाट नदीजन्य पदार्थ उत्खनन् कार्य गरिरहेका विभिन्न पालिकाहरुलाई आजैदेखि रोक लगाउन निर्देशन दिएको छ ।

भैरहवामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उत्खनन्को म्याद आजैबाट सकिएको भन्दै असार एक गतेदेखि खोलामा उत्खनन् गरिएको पाईए वा कुनैपनि सवारी साधन खोलामा पसेको भेटिए सिधै जफत गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिए । त्यस्ता सवारीलाई जफत गरी सम्बन्धीत पालिकामा बुझाउन र पालिकाले नियम अनुसार कारवाहीको दायरामा ल्याउनु पर्छ उनले भने ।

जिल्ला समन्य समिति रुपन्देहीका संयाेजक उमाकान्त चपाईको अध्यक्षतामा बसेको पालिकाका अध्यक्ष सहितको बैठकले २०७९। ०८० को नदीजन्य पदार्थ उत्खनन् कार्य आजबाटै रोक्ने निर्णय गरेको हो । यस्तै बैठकले खोला किनारमा उत्खनन् गरिएको नदीजन्य पदार्थ असारको मसान्तभित्रै घाटगद्धीबाट अन्यत्र सारिसक्नु पर्ने अन्यथा कानुन बमोजिम अबैध घोषणा गरी जफत गरिने निर्णय भएको समिति संयोजक चपाईले जानकारी दिए ।

नदीजन्य पदार्थ उत्खनन् पुर्व स्थानीय पत्रकारसंग छलफल गरेर कार्य गर्दा यस विषयमा कतिपय संचारमाध्याममा आउने तथ्यहिन र भ्रामक समाचार रोकिने भन्दै पािलकाहरुले पत्रकारसंग समन्य गर्ने समेत बैठकले निणर््य गरेको छ । यसका लागि असार मसान्तभित्र सम्बन्धित पालिकाले पत्रकार सम्मेलन गरेर आफुहरुमाथि लागेका लान्छनाका विषयमा स्पष्ट पानुपर्ने बैठकले निर्णय गरेको छ ।

नदीजन्य पदार्थ उत्खनन्का विषयमा भ्रामक समाचार संपेशण भएको भन्दै पालिकाका अध्यक्षहरुले गुनासो गरेका थिए । रुपन्देहीमा ९ वटा पालिकाले विभिन्न घाटमा ठेक्का लगाएर नदीजन्य पदार्थ उत्खनन् गरिरहेका थिए । यस आर्थिक वर्षमा यसबाट ३० करोड रुपैंया राजश्व शंकलन भएको संयोजक चपाईले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी तिलोत्तमा नगरपालिकाबाट १० करोड रुपैंया राजश्व संकलन भएको छ । भने सबैभन्दा कम रोहिणी उांपालिकाबाट चार लाख संकलन भएको छ । रुपन्देहीमा २०७९। ०८० मा रुपन्देही जिल्लाको देवदह नगरपालिकामा १० वटा नाकामा ठेक्काका लागि सुचना प्रकाशित गरिएकोमा तिन वटा ठेक्का लागेको थियो । यस्तै तिलोत्तमामा सात मध्ये पांच, सियारीमा सात मध्ये पांच वटा , मायादेवीमा १७ मध्ये जम्मा दुईवटा, शुद्धोधन सात मध्य दुई, रोहिणीमा तिन मध्ये एक, गैडहवामा १५ मध्ये चार, कोटहीमाई गायंपालिकामा पांच मध्ये दुई वटा ठेक्का लागेको बैठकमा प्रशासकीय असधकृतहरुले जानकारी गराएका थिए । यस्तै जिल्लाको सैनामैना नगरपालिकाले ३ वटा ठेक्काको लागि सुचना प्रकाशित गरेकोमा सतप्रतिशत ठेक्का लागिेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!