भैरहवा । विकास निर्माणका काम दीकालिन हुने गरी योजना बनाउन ओमसतियावासीहरुले गाउंपालिकालाई सुझाव दिएका छन् । ओमसतियाको शान, सुन्दर शान्त समृद्ध गाउंपालिका हाम्रो अभियान भन्ने नारा सहित सोमबार पालिका परिसरमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट निर्माण सम्बन्धी सरोकारवालाहरुसंग रायसुझाव संकलन तथा छलफल कार्यक्रममा आआफ्ना भनाई राख्दै पालिकाका विभिन्न वडावासीहरुले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गनुपर्ने सुझाव दिएका छन् ।
यनीहरुले पालिकामा रहेको सार्वजनिक जमिनको संरक्षण गर्नुपर्ने, व्यवसाय दर्ता प्रक्रिया सहज बनाउनु पर्ने, पालिकाभित्र संचालनमा रहेका विभिन्न उद्योगहरुमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने लगायतका सुझाव पेश गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले जानकारी दिनुभयो । वजेट निर्माणको पुर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा विद्यालयको भौतिक पुर्वाधारसंगै अनलाईन शिक्षाका लागि स्मार्टकोट खरीद गरिदिनु पर्ने, सामान खरीद गर्दा प्रधानाध्यापकलाई सहभागी बनाउनु पर्ने, शिक्षकको पोशाकदेखि मोवाईलसम्मका सुविधा पालिकाले उपदब्ध गराउनु पर्ने शिक्षकहरुले माग गरेका छन् ।
यस्तै पालिकाले दिदै आएको उपचार खर्चको सट्टा गाउंमै २५ शैयाको अस्पताल निर्माण गरी सबै गाउंवासीहरुलाई स्वास्थ्यसेवा प्रदान गर्न पनि स्थानीयले सुझाव दिएका छन् । खुल्ला सिमानाका नजिक रहेको पालिकामा लागु औषध दुव्र्यसनीमा परेका युवा युवतीलाई लक्षित गरी सचेतनामुलक कार्यक्रम संचालन गनु’का साथै सुधारकेन्द्र स्थापनाका लागि वजेट विनियोजन गर्न उनीको सुझाव छ । बजेटमा महिला,वालवालिका, अपांगता भएका समुह, युवा, जेष्ठ नागरिक सबैलाई समेट्ने गरी वजेट ल्याउन गाउंवासीहरुले सुभलाव दिएको पालिकाका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिनुभयो ।
जनताको भावना समेटेर आगामी बजेट बनाउने उहांले प्रतिवद्धता जनाउनुभयो । महिला तथा वालबालिकालाई समेट्ने गरेर बजेट ल्याईने पालिकाका उपाध्यक्ष सुनिता चौधरीले बताउनुभयो । कार्यक्रममा पालिकाका विभिन्न संघसंस्था, स्थानीय क्लब, समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पालिकाहरुले असार १० गते आगामी आर्थिक वर्षका लागि पालिकाको नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गर्दैछन् ।
