भैरहवा । समाजका बुद्धिजिवी वर्गहरुको समुह भैरहवा मर्निङ्गवाक समुहले बजारमा देखिएका विभिन्न समस्याहरुको समाधानका लागि सिद्धार्थ उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराएको छ ।
आईतबार समुहका अध्यक्ष ओमकार गौचनको नेतृत्वमा संघमा पुगेको एक टोलीले नेपाली बजारमा दैनिक उपभोग्य बस्तुको मुल्य आका्िशएको भन्दै मुल्यसुची अनिवार्य गर्न संघको ध्यानाकर्षण गराएको हो ।
संघका संस्थापक अध्यक्ष विजय सागर श्रेष्ठले नेपाली उपभोक्तालाई भारतीय बजारमा जान कडाई गर्ने काम सकारात्मक भएपनि नेपाली बजारमा मनपरि मुल्य लिदा मर्कामा परेको भन्दै यसप्रति उद्योग वाणिज्य संघले ध्यान दिनुपर्ने बताउनु भयो ।
प्रचण्ड गर्मीमा भन्सारमा सर्वसाधारणलाई लाईन बसाल्दा कमसेकम छहारीको व्यवस्था गर्नुपर्ने उहाले बताउनु भयो । नियम अनुसार भन्सार कडाई गर्दा सर्वसाधारणको दैनिकीमा ध्यान दिनुपर्ने बताउनु भयो ।
यस्तै समुहका सदस्य वनमाली निराकारले सर्वसाधारणलाई भन्सारमा कडाई गरेपनि ठुला तस्करीहरु नियन्त्रणमा नआएको गुनासा आईरहेको बताउनु भयो । सानालाई कडाई गर्ने तर ठुलो तस्करहरुलाई प्रहरी तथा उद्यागीहरुको पहलमै छुटाउने गरेको हल्ला सही हो कि गलत जवाफ चाहियो उहांको भनाई थियो ।
कार्यक्रममा समुह अन्य सदस्यहरुले पनि नेपाली हाटबजार व्यवस्थित गर्नुपर्ने, बजार अनुगमनमा तिब्रता दिनुपर्ने, पार्किङ्ग व्यवस्थित गर्नुपर्ने लगायमा सिद्धार्थ उद्योग वाणिज्य संघले पहल गर्नुपर्ने सुझाव दिएका थिए । जवाफमा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सिद्धार्थ उद्योग वाणिज्य संघ अबैध व्यापार व्यवसाय गर्ने व्यवसायप्रिति कठोर बन्ने प्रतिवद्धता जनाउनु भयो ।
सिमानाका कडाई हुंदा त्यसले नेपाली उपभोतmालाई नै फाईदा पुग्ने भन्दै नेपाली बजारलाई सहज बनाउन पहल गर्ने बाचा गर्नुभयो । यस्तै कार्यक्रममा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले खुल्ला सिमानाकाबाट सिधै भित्रिने खाद्यन्नले नेपाली उपभोतmाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको बताउनुभयो ।
चेकजांच गरेर वैधानिक रुपमा भित्रिएका सामान प्रयोग गर्नु स्वयम् उपभोतmाको लागि पनि राम्रो हुने र नेपाली बजार पनि चलायमान हुने उहांको भनाई थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सहित अध्य पदाधिकारी, सदस्य र समुहको तर्फबाट पदाधिकारी सहित सदस्यका बीचमा लामो छलफल भएको थियो ।
