चिउवा भञ्ज्याङ्ग नाका सहज बनाउन दुईदेशिय नागरिकको अपिल, सिक्किम सरकार सकारात्मक

सम्झना शर्मा ( सिक्किम)  । नेपाल सिक्किम उच्च पहाडी क्षेत्र चिउवा भञ्ज्याङ्ग नाका सहज बनाउन नेपाल तथा सिक्किमका नागरिकले सरकारसंग अपिल गरेका छन् । प्राकृतिक मनोरम बोकेको चिउवा पर्यटकीय गन्तव्यका रुपमा मात्र नभई व्यापार पर्वद्धनका लागि समेत उपयोगि रहेको भन्दै सिक्किमका स्थानीय पर्यटन व्यवसायीहरुले छिटो नाका व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

समुद्री सहतहदेखि करीब १२ हजार फीटको उचाईमा रहेको यो नाकाहुदै नेपालीहरु सदीयौंदेखि सक्किमको उत्तरे, पेलिङ्ग लगायतका ठाउंबाट नुन बोक्ने, दुवैदेशका आम सर्वसाधरणका बीचमा विवाह,साईनो जस्ता परम्परागत संस्कारका लागि आवत जावत गर्ने गरेको उनीहरुको भनाई छ । प्राकृतिक रुपमा निकै सुन्दर रहेको चिउवा भञ्ज्याङ्गको ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै यसको सहज व्यवस्थापनको लागि यतिवेला सिक्किमका पर्यटन व्यवसायीदेखि आम नागरिकहरु सक्रिय देखिन्छन् । यो नाका सहज हुंदा यसबाट नेपाल तथा सिक्किम दुबै देशलाई व्यापार प्रर्वद्धन तथा पर्यटन प्रवद्र्धनमा वृद्धि हुने यहांका पर्यटन व्यसायीहरुको आशा रहेको हिमालय फाउण्डेशन, सिक्किमका अध्यक्ष जिके याङमाले बताए । पिलरले सिमा छुट्याए पनि नेपाल र सिक्किमका नागरिकको सहन सहन, भाषा सबै समान रहेको उनले बताए ।

चिउवा भञ्ज्याङ्ग मध्ये पहाडी लोकमार्ग पुगेपछि आन्तरिक पर्यटकहरुको रोजाईको केन्द्र बनेको छ । लेकाली फूल फुलेको बेला र विभिन्न चाड पर्वको अवसरमा आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ । रातो, सेतो गुराँस र चिमल जस्ता ढकमक्क फुल्ने फुल, मृग, भालु, चित्तल, कालीज, घोरल, वनकुकुर जस्ता वन्यजन्तु चिराइतो, बूढोओखती, पाखनवेद, सतुवा, पाँचऔले चिमाल लगायतका जडीबुटी पाईने गरेको यो क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटकहरु हिउं खेल्न, पहाड चड्न आउने गरेका छन् । यसका साथै नेपाल र भारतको अध्ययन गर्न चाहनेका लागि पूर्ण प्याकेजको रुपमा विकास हुदैं गएको छ । नेपाल र भारतको सिमाना मध्यपहाडी लोकमार्गको उद्गमथलो च्याङथापु– ५, चिउवा भञ्ज्याङ हरियाली वनजंगल, दुर्लभ मानिने वन्यजन्तु र जडीबुटी पाइने मनमोहक चिउवा आन्तरिक पर्यटकका लागि निकै महत्वको रुपमा रहेको सिक्किममा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार केएन शर्माले बताए । सो नाका सहज हुंदा नेपालको दुर्गम पहाडी क्षेत्रका नागरिकलाई समेत सहज हुने उनको भनाई छ । यस्तै पाथीभरा मन्दिरसम्म सहज रुपमा पुग्न सकिने हुंदा नेपालको धार्मिक पर्यटन वृद्धि हुने विश्वास पत्रकार शर्माले लिए ।

अहिले मध्यपहाडी लोकमार्गको उद्गमथलो च्याङथापु– ५, चिउवा भञ्ज्याङसम्म कच्ची सडक पुगेको छ । भारत तर्फ रहेको सिक्किमले पनि उत्तरेबाट करिब २२ किलोमिटरको सडक चिउवाभञ्ज्याङ्ग सम्म पु¥याएपछि यहां दुई राष्ट्रबीचको पर्यटकीय गन्तव्य, व्यापारिक केन्द्र बन्ने सम्भावना बढेको हो ।

प्राकृतिक दृष्टिले अनुपम चिउवासम्म सडक पुगेपछि यहाँको सुन्दरताको दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएको छ । मध्यपहाडी लोकमार्गको ट्रयाक पुगेदेखि चिउवाभञ्ज्याङले चर्चा समेत पाएको हो । अहिले चिउवासम्म साना सवारीसाधन पुग्न थालेका छन् । सडक बनेसंगै पश्चिम सिक्किमको उत्तरे हुदै नेपालको ताप्लेजुङ्ग, पाँचथर, च्याङथापु लगायतका क्षेत्रसंग प्रत्यक्ष जोडिएको छ ।

सिक्किम उत्तरेका पर्यटन ब्यवसायी पेमा वाङ्गचुक शेर्पाले चिउवाले ट्रेकिङ्गमा आउने पर्यटकलाई आकर्षित गर्ने बताए । चिवा भञ्ज्याङ्ग हुदै नेपालको पाथीभरा दर्शनको सहज बाटो खुल्ने पनि शेर्पाले सम्भावना रहेको बताए । नेपाल र सिक्किमको सम्बन्ध पराम्परा देखि नै चलि आएको छ । दुबै देशमा विवाहवारीकोे सम्बन्ध परापूर्वकाल देखि नै चलि आएको शेर्पाले बताए । यस बाहेक यो नाकाले नेपाल र सिक्किम तर्फका नागरिकलाई स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पनि सहजता पुग्ने उनको भनाई छ ।

चिउवा भञ्ज्याङ नाका सञ्चालनका लागि उत्तरे लगायतका स्थानियहरु नेपाल र भारतका बिभिन्न निकायहरुको प्रयासमा सििक्कम सरकार सकारात्मक देखिएको छ । सिक्किम सरकार नै चिउवा भञ्ज्याङ नाका सञ्चालनको लागि पहल थालेको सिक्किमका मूख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले बताए । उनले भारत सरकारलाई यो नाका खुलाउन औपचरिक पहल गरिएको समेत सिक्किम भ्रमणमा रहेका नेपाली पत्रकारको टाली लुम्बिनी प्रेस क्लबसंगको कुराकानीमा बताए । यसले सिमामा रहेका नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा लगायत व्यापारमा समेत मद्धत पुग्ने मुख्य मन्त्रीको भनाई छ । नाकालाई व्यावसायिक नाकाको रूपमा विकास गर्ने समेत मुख्यमन्त्री तामाङ्गले बताए । यता नेपालतर्फबाट उतm नाकाका विषयमा आम नेपालीहरुले चासो देखाएका छन् । नाकामा नेपाली सुरक्षा चुस्त बनाई सहज बनाईएपनि नेपाली भुमी मिचिन नदिन चनाखो हुनुपर्ने सिद्धार्थनगर निवासी साहित्यकार तथा समाजसेवी विजय गोविन्द श्रेष्ठको सुझाव छ ।

१२ हजार फिट उचाईमा रहेको यस नाकामा नेपालको तर्फबाट शसस्त्र प्रहरीको बेस क्याम्प एवम भारतको तर्फबाट भारतीय सुरक्षा बल तथा फरेष्ट सुरक्षाकर्मिको पोष्ट रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!