भैरहवा । सियारी बबुरिया सिंचाई जल उपभोक्ता समुह रुपन्देहीको दोस्रो साधारण सभा तथा अधिवेशन शनिवार सुक्रौलीमा सम्पन्न भएको छ । समुहका अध्यक्ष राम अधोर यादवको अध्यक्षता तथा सियारी गाउंपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा किसानलाई सम्बोधन गर्दै सियारीका प्रमुख घिमिरेले आफु पनि एक किसान भएको नाताले किसानका पिर मर्का बुझ्ने बताए । यस्तै कार्यक्रममा सिंचाई विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख विष्णु प्रसाद पौड्यालले किसानको सहभागितामा सम्पन्न भएका योजनाहरु दीर्घकालिन हुने हुदा हरेक काममा सहभागी बन्न किसान लाई आग्रह गरे । कार्यक्रममा समुहका संरक्षक कुलानन्द ज्ञवालीले यहांका किसानका लागि धरै पहल गरेर खेतसम्म पानी ल्याउने व्यवस्था मिलाएको बताए । किसानकै अग्रसरता भएका कारण आयोजना सफल उन्मुख रहेको उनको भनाई थियो ।
लक्ष्मण ज्ञवालीको संचालन, ध्रुव ज्ञवालीको स्वागतमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, सिद्धार्थनगर नगरपालिकाका योजना प्रमुख देव ज्ञवाली, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उपाध्यक्ष मुराली अहिर, सचिव मोहनु प्रसाद गौतम, कोषाध्यक्ष भोजराज पौडेल, सदस्य राम नारायण थारु, विश्वम्भर यादव, सत्यदेव यादव, व्यासमुनी यादव, तवरेज खां, राजेन्द्र विश्वकर्मा, विरेन्द्र कुमार यादव, वेलमाया सुवेदी, कौशिल्या हरिजन, सरस्वती चौवान लगायतको उपस्थिति रहेको थियो ।
यस्तै समुहका सल्लाहकारमा योगनाथ आचार्य, नेत्रनाथ ज्ञवाली, राजाराम चौधरी, पृतम चौधरी, गणेश आचार्य, श्रीराम थारु, समशेर चौधरी, चिनक यादव, सादिक अलि पठान, मोलहु विश्वकर्मा, बदल लोहार समेतको आतिथ्यता रहेको थियो । करीब २० करोडको लागतमा सम्पन्न हुने सिंचाई आयोजनाले रुपन्देहीको कैथवलिया, हस्यौरी, तिलौरी, अगलवा, केनौली, कम्हरिया, निविहवा, हर्नामपुर, वरेवा लगायतको ११ हजार हेक्टर बढी जमिन सिंचित हुने संरक्षक कुलानन्द ज्ञवालीले बताए । अधिवेशनले शुशिल यादवको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ ।
जसको उपाध्यक्षमा विरेन्द कुमार यादव, सचिवमा मोहन प्रसाद गौतम, कोषाध्यक्षमा भोजराज पौडेल, सदस्यमा व्यासमुनी यादव(केलौनी) नजामुदिन मुसलमान(हर्नामपुर), विश्वनाथ मुराव, वेलमाया सुवेदी( तिलौरी), तवरेज खान मुसलमान( अगलौवा), गणेश बहादुर आचार्य( वरेवा), राम प्रसाद पाल – निविहवा), सत्यदेव यादव – कम्हरिया) , रमेश गौतम( कैथवलिया), सरस्वती चौवान, राजेन्द्र विश्वकर्मा( हस्र्यौरी) चयन भएका छन् ।
