क्रिकेटर सन्दीप लामिछाने माथि कर छलिको आरोप , अनुसन्धान शुरु

  • काठमाडौं। नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेले भर्खरै करिब ६ करोड रुपैयाँमा भव्य बंगला किनेका छन् । करिब २० वर्षकै उमेरमा आफ्नै कमाईबाट उनले काठमाडौंको बुढानीलकण्ठमा बंगला किनेका हुन् ।

    सन्दीपको यो सफलता निकै लोभलाग्दो छ र सबैले प्रशंसा गरिरहेका छन् । तर, नयाँ बंगला खरिद गरेसँगै उनमाथि समस्या समेत थपिएको छ । उनी करको लफडामा पर्ने देखिएको छ ।

    आन्तरिक राजस्व विभागले उनको आय र करको विवरणमाथि छानबिन थालेको छ । ६ करोडमा घर खरिद गरेको समाचार आएपछि विभागले छानबिन थालेको हो ।

    स्रोतका अनुसार आयको तुलनामा निकै थोरै मात्र कर तिरेको पाइएपछि छानबिन थालिएको हो । आर्थिक बिधेयक २०७६ अनुसार अविवाहितको हकमा ४ लाख रुपैयाँसम्म १ प्रतिशतको दरले वर्षमा ४ हजार रुपैयाँसम्म कर तिरे पुग्छ ।

    ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतको दरमा थप १ लाखको १० हजार गरी १४ हजार तिर्नुपर्छ । ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा २० प्रतिशतका दरले थप ४० हजार गरी ५४ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

    ७ लाखदेखि २० लाख रुपैयाँसम्मको हकमा ३० प्रतिशतको दरले थप ३ लाख ९० हजार गरी ४ लाख ४४ हजार रुपैयाँ तिर्नुपर्छ । २० लाखभन्दा बढी आम्दानीको हकमा भने ७ लाखदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ ।

    जसअनुसार २१ लाख आम्दानी हुनेले ४ लाख ८० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । सन्दीपले पछिल्लो एक वर्षमै दुई करोड भन्दा धेरै आर्जन गरेका छन् । त्यसको करिब ४० लाख रुपैयाँ उनले तिर्नुपर्ने हुन्छ ।

    गत वर्ष क्यानाडामा भएको ग्लोबल टी– २० बाट मात्र ६० हजार डलर कमाएका थिए । बंगलादेश प्रिमियर लिगमा पनि ६० हजार डलर नै कमाएका थिए ।पाकिस्तान सुपर लिगमा ५० हजार डलर कमाएका उनले क्यारेबियन प्रिमियर लिगबाट ७० हजार डलर लिएका थिए ।

    त्यस्तै आईपिएलमा २० लाख लिएका थिए । यसमध्ये केही रकम एजेन्ट र मेनेजेरले पाउने भए पनि उनको कमाई करिब २ करोड देखिन्छ ।जसअनुसार उनले एक वषैमै करिब ४० लाख रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट

    हाम्रो बारेमा

    प्रधान सम्पादकः सम्झना शर्मा
    सम्पादकः ई सुवोध भट्टराई
    सम्वादाताः शुष्मा खनाल

    सम्वादाताः महेश गुप्ता
    आई.टि.:  माेहम्म्द हबिब

     

     

    सम्पर्क

    एल. स्टार मिडिया प्रा.ली.
    सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
    फोन: ९८५७०२४६७४
    ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

    error: Content is protected !!