रात्रीकालिन सेवामा सहजता हुनुपर्छः मदिरा तथा हाेटल व्यवसायी

भैरहवा । हेटल तथा मदिरा व्यवासायमा देखिएका समस्या र समाधानका विषयमा प्रहरी प्रमुख र व्यवसायीहरुबीच अन्तरक्रिया कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । कर्यक्रममा व्यवसायहीहरुले राति १० बजेनै होटल बन्द गराउंदा अवेला आउने पर्यटकलाई खाना र वस्ने व्यवस्था मिलाउन समस्या भएको गुनासो प्रहरी समक्ष पोखेका छन् । बाटोघाटोको अवस्था तथा सवारीमा केही समस्या आएको खण्डमा यात्रुहरुको आवतजावत रातिसम्म हुने भन्दै जुनसुकै समयमा आउने पाहुनाको सत्कार गर्न पाउनुपर्ने होटल व्उवसायीहरुले आवाज उठाएका हुन् । कार्यक्रममा होटल व्यवसायीको तर्फबाट समस्या राख्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले रात्रीकालिन समयमा पर्यटकको सहज आवतजावतका लागि सुरक्षा प्रदान गर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा होटल व्यवसायसंग प्रत्यक्ष जोडिएको मदिराका विषयमा पनि छलफल भएको छ । नेपाली बजार भन्दा भारतीय बजारमा विभिन्न ब्राण्डका कम गुणस्तर भएका तर नाम र लोगो एउटै भएका मदिरा सस्तोमा विक्रि हुंदा यहांका मदिरा व्यवसायी मारमा पर्नुका साथै राज्यलाई ठुलो राजश्व नोक्शानी भएकोले सिमामा अबैध मदिरामा निगरानी बढाउनु पर्ने सुझाव दिए । कार्यक्रममा मदिरा व्यवसायीका समस्या राख्दै मदिरा व्यवसायी संघ लुम्बिनीका अध्यक्ष केशव ज्ञवालीले बजारमा देखिएका नक्कली मदिरा तथा घरपाला रक्सीका कारण राज्यलाई कर तिरेर व्यवसाय संचालन गरेका व्यवसायी पलायन हुने अवस्थामा पुगेका बताए ।

एकातिर नेपाली बजारमा नक्कली मदिराको विगविगी अर्कोतर्फ सस्तोको नाममा भारतबाट हुने अबैध आयातका कारण समस्या भएको बताए । व्यवसायीहरुका समस्याको विषयमा आफ्ना भनाई राख्दै रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विकले होटल व्यवसाय शान्ति सुरक्षासंग प्रत्यक्ष जोडिएकोले प्रत्येक होटलमा सिसिटिभि जडान गर्नु पर्ने सुझाव दिए । प्राय सबै अवराधको योजना होटलमै बसेर बनाउने गरेको अनुसन्धानमा देखिएकोले होटलमा आउने हरेक व्यवतिmको व्यवतिmगत विवरणका लागि नागरिकता वा परिचय खुल्ने भरपर्दो कागज अनिवार्य माग्ने, लेखाएको मोवाईल नम्बर सही हो वा हाईन समयमै एकिन गर्ने, उसका गतिविधिमा निगरानी गर्ने जस्ता सावधानी अपनाउन होटल व्यवसायीहरुलाई अनुरोध गरे ।

यस्तै होटल संचालन गर्ने संचालकले आफ्ना कर्मचारीलाई कानुनी मापदण्डका विषयमा जानकारी गराउने, कम उमेरका बालबालिकालाई काममा नलगाउने तथा उनीहरुमाथि हुन सक्ने र्दुव्यवहारका बारेमा सचेत गराउने लगायतमा सावधानी गराउन आग्रह गरे । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही र मदिरा व्यवसायी संघ भैरहवाको संयुक्त आयोजनामा सम्पन्न व्यवसायिक अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरु गोपाल भण्डारी, सुरज कुवर,कल्पना, भागिरथी पाण्डे, माधव घिमिरे, रमेश गिरी, प्रितम गिरी लगायतले आआफ्ना भनाई राख्दै ठुला होटल तथा क्यासिनो र साना होटलकाबीचमा प्रहरी प्रशासनले विभेद गरेको समेत गुनासो गरेका थिए ।

संगठनका महासचिव राजेश महोत्राको संचालन तथा मदिरा व्यवसायी संघ भैरहवामा वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको धन्यावादमा सम्पन्न कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष दिलिप कुमार कान्दु, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका निवर्तमान अध्यक्ष गणेश वेल्वासे, उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव सचिन रोक्का लगायतले आआफ्ना भनाई राख्दै सबै व्यवसायलाई मर्यादित बनाउन सबै ईमान्दार बन्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!