पक्लिहवा माविकाे नवनिर्मित भवन उद्घाटन

भैरहवा । सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा अवस्थित श्री पक्लिहवा माध्यमिक विद्यालय, नवनिर्मित दुई कोठे भवनको एक समारोह बिच समुद्घाटन भएको छ । पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी सुशील गुरुङ्गको सभापतित्व एवमं लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा बिना विभागीय मन्त्री माननीय सन्तोषकुमार पाण्डेको प्रमुख आतिथ्यतामा भवन उद्घाटन भएको हो ।

कार्यक्रममा उद्घाटन मन्तव्य दिदै मन्त्री पाण्डेले आफू लुम्बिनी प्रदेशभरि कै जनताको प्रतिनिधि भएको हुनाले विकास निर्माणको कार्यमा कतै पनि विभेद नगरी विकासको गतिविधिमा आफू सक्रिय रहने विचार प्रकट गर्नुभयो । विशेषगरी आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा प्रदेश सरकारबाट आर्थिक सहयोग जुटाउने तर्फ आफू लागि पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा अध्यक्ष सुशील गुरुङ्गले विद्यालयको भौतिक क्षेत्रमा सन्तोषजनक कार्य भएको र आगामी दिनमा गुणस्तरीय शिक्षा मार्फत नमुना विद्यालय बनाउने तर्फ आफू र आफ्नो टिम लाग्ने विचार प्रकट गर्नुभयो । त्यसैगरी  सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष उज्ज्वल पोखरेल, बहिरा बाल विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले आगामी दिनमा विद्यालयको थप उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सिद्धार्थनगर पालिका वडा नं. २ का वडा अध्यक्ष छेडीलाल श्रीवास्तव, शिक्षाप्रेमी तथा समाजसेवी लेखनाथ भट्टराई, कृष्ण खनाल, याम बहादुर थापा, जनप्रतिनिधि हरिमाया गुरुङ्ग, जनप्रतिनिधि अनिल कुमार केसी, व्यवस्थापन समितिका पुर्व अध्यक्ष मोहम्मद जहिद मुसलमान, सलुजा रामदाम, पुर्व वडाअध्यक्ष विजयनाथ धवल, दिपक पौडेल, श्याम खनाल, भविलाल पौडेल, योगेन्द्रनाथ पाण्डे, तेजेन्द्र गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लुम्विनी प्रदेश सरकारको २५ लाख, संघिय सरकारको २० लाख तथा विद्यालयको तर्पmबाट ३ लाख गरि कुल ४८ लाखमा उद्घाटन भएको सो दुई कोठे भवनको निर्माण तथा पाँच वटा पुराना कक्षा कोठाको पुननिर्माण सम्पन्न गरिएको जानकारी गराइएको थियो । कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत छात्रा–छात्राहरुले विभिन्न नृत्यहरु प्रस्तुत गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको स्वागत तथा शिक्षक देवीप्रसाद न्यौपानेकोे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!