दक्षिण कोरियासंग नेपालको सम्बन्ध बलियाे

भैरहवा, २ जेठ

नेपाल दक्षिण कोरिया कुटनीतिक सम्बन्ध ४९ वर्ष पुगेको अवसरमा भैरहवामा विशेष कार्यक्रम सम्पन्न भएको छ । एशियन कल्चरल सेन्टर नेपालको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले दक्षिण कोरियासंग नेपालको सम्बन्ध धेरै मजबुद रहेकोले यसलाई कायम राख्न सबैपक्ष तत्पर रहनु पर्ने बताए ।

सेन्टरका अध्यक्ष गम्भिर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा समन्व्य ईकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले दक्षिण कोरियाले छोटो समयमा गरेको तिब्र विकासबाट नेपालले श्रम संस्कृतिको सिको गर्नु पर्ने बताए ।

दक्षिण कोरिया नेपाली कामदारको गन्तव्यका रुपमा पनि विकास हुदै गईरहेकोले अब दक्ष जनशक्ति तयार गर्ने र कोरिया भाषा प्रशिक्षणका लागि कलेज संचालन गर्नु पर्ने सेंन्टरका अध्यक्ष गम्भिर गुरु¨ले बताए । लुम्बिनीमा धेरै दक्षिण कोरियाली पर्यटक आउने हुंदा गाईड उत्पादनमा समेट यसले सहयोग पुरयाउने उनले बताए ।

कार्यक्रममा सियारी गाउंपालिकाका शिक्षा शाखा प्रमुख हरि , सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशिल लम्साल, प्याबसन, एन प्याबसनका प्रमुख, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा लगायतले शुभकामना व्यक्त गरे । कार्यक्रमको संचालन सेन्टरका सचिव गोकुल पोख्रेल तथा स्वागत उपाध्यक्ष राज कुमार गुरु¨ले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!