भैरहवा । सिमानाकामा कडाई नहुंदा यहांका व्यवसाय धरापमा परेको भैरहवाका व्यवसायीहरुले गुनासो गरेका छन् ।
मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले खुल्ला सिमानाका कारण नेपाली उपभोक्ता भारती बजारमा किनमेल गर्न जाने र भन्सार छली सामान ओसार पसार गर्दा भैरहवा क्षेत्रका खाद्यन्न तथा फेन्सी पसलहरु ध्माधम बन्द हुदै गएकोे बताए ।
अब सिमामा व्यवसायी आफै उपस्थित भएर निगरानी बढाउने र सशस्त्र प्रहरी तथा भन्सारसंग सहजीकरण गर्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । उनले भने हामीले सिमामा आफै गएर भएपनि अबैध चारी पैठारी रोक्नुपर्छ ।
संघले आह्वान गरेको समयमा दवावका लागि सिमामा उपस्थित हुन पनि अध्यक्ष श्रेष्ठले सबैमा अनुरोध गरे । सिमामा व्यवसायीले झोला चेकजांच गर्ने नभई भन्सार कर्मचारी तथा प्रहरीलाई सहयोग गर्ने मात्र आफ्नो उद्देश्य रहेको संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले स्पष्ट पारे । हाम्रो उपस्थितिले प्रहरी प्रशासनलाई दवाव पर्छ उनले भने ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भीष्म प्रसाद न्यौपानेले संघले सधै उद्योगी व्यवसायीको हितमा काम गर्ने भन्दै घरभाडा घटाउन पहल गर्ने र सिमा कडाई गर्न दवाव दिने बताए । संघका पुर्व अध्यक्ष एवम् उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले आर्थिक मन्दीका कारण मर्कामा परेका व्यवसायीलाई विना भन्सार आयात भएका सामानसंग प्रतिष्पर्धा गर्न कठिन भएको बताए । अहिले व्यवसाय ७० प्रतिशत घटेको छ उनले भने ।
संघका पुर्व अध्यक्ष तथा समाजसेवी भैरहवा मर्नि¨वाक समुहका अध्यक्ष ओमकार गौचनले भैरहवाको बैंकरोडका फेन्सी पसलहरु ध्माधम बन्दै हुदै गएको बताए । दिनभर पसलमा बस्दा उदेक लाग्छ उनले भने । सिमानाकाबाट हुने चोरी तस्करी रोक्न नसके संघको औचित्य नहुने उनले चतावनी दिए । संघका महासचिव कृष्ण प्रसाद घिमिरेको संचालन अटो व्यवसायी उपसमितिका संयोजक दिनेशमान अमात्यको स्वागतमा सम्पन्न कार्यक्रममा व्यवसायीहरु गोपाल भण्डारी, विएन गुप्ता, पशुपति कान्दु, ऋषिराम पाण्डे, सन्देश चापागाई,केशव ज्ञवाली, अर्जुन कुमार जयसवाल, पत्रकार माधव ढुंगाना, राजुनारायण श्रेष्ठ लगायतले बोल्दै भन्सारमा कडाई गर्न व्यवसायी आफै सक्रिय हुनुपर्ने धारणा राखे ।
